सम्हालिन्छ कहिले मनको दुबइमा इन्डक्ल्याप
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार १७:२९:४७
४ चैत, काठमाडौं । चलचित्र ‘सम्हालिन्छ कहिले मन’को दुबइमा इन्डक्ल्याप गरिएको छ । विभिन्न चरणमा छायांकन गरिएको यो चलचित्रको दुबइका विभिन्न लोकेशनमा केही दृश्य र गीतको छायांकन गरिदै छायांकनको काम पूर्ण रुपमा सकिएको हो ।
चलचित्रका निर्देशक सुदर्शन थापाका अनुसार २ बर्ष अगाडिबाट छायांकन सुरु भएको थियो । चलचित्रको छायांकन लण्डन, नेपालको मुस्ताङ र दुबइमा गरिएको छ । यो चलचित्रमा नायिका पूजा शर्माको साथमा नायकद्धय आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ ।
यसैविच, निर्माणपक्षले यो चलचित्र आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुने भएको छ । निर्माणपक्षका अनुसार, यसअगाडि पनि चलचित्रको प्रदर्शन मिति तीजलाई लक्षित गरेर तोकिएको थियो । तर, यो बर्ष कोरोनाका कारण चलचित्र रिलिज हुन नसकेको हो ।
यो चलचित्रमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको पनि मुख्य भूमिका छ । चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा, सौरभ लामाको छायांकन छ ।
अमित बस्नेतको लगानीमा बनेको चलचित्रमा परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता सनिष खकुरेल हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार