चलचित्र बाबरीमा हटकेक नायक धिरज मगरको प्रवेश
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार १७:४३:१८
४ चैत, काठमाडौं । चलचित्र बाबरीमा मुख्य नायक परिवर्तन गरिएको छ । यसअघि यो चलचित्रमा गायक नितेशजंग कुँवरको मुख्य भूमिका रहने पक्का भएको थियो । तर, नितेशले पारिवारिक कारणले चलचित्रमा काम गर्न नपाउने भएपछि नायक परिवर्तन गरिएको हो ।
चलचित्र छायांकन चैत्रको २० गतेबाट सुरु हुँदैछ । चलचित्र पछिल्लो समयका हटकेक नायक धिरज मगरको प्रवेश भएको छ । धिरजले केही दिन अगाडि मात्र यो चलचित्रका लागी साइन गरिसकेका छन् । यो चलचित्र साइन गरेर धिरज चलचित्र ‘आई एम ट्वान्टी वान’को बाँकी केही दृश्यको छायांकनका लागि धरान पुगेका छन् ।
चलचित्रमा अब नायक धिरज मगर र नायिका अदिती वुढाथोकीको अभिनय रहनेछ । चलचित्रमा नायिका नृत्ती नाडकरका छोरा धिरज टोटलानीले पनि काम गर्दैछन् । चलचित्रको वर्कशप भने हुन बाँकी छ । चलचित्रको छायांकन सुरु हुनुभन्दा केही दिन अगाडि मात्र नायिका अदिती मुम्बइबाट नेपाल आउनेछिन् ।
चलचित्र ‘कृ’मा काम गरेर चर्चा कमाएकी अदितीको यो दोश्रो चलचित्र हो । उनकै होम प्रोडक्शनमा बन्न लागेको यो चलचित्रलाई प्रेमको कथामा निर्माण गर्न लागिएको छ । चलचित्रको छायांकन नेपाल र सिक्किममा हुनेछ ।
नायक धिरज मगर भने चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट नै नेपाली चलचित्र क्षेत्रमा स्टार बनिसकेका छन् । यसैले, पनि धिरजको प्रवेशसँगै चलचित्रको स्टारकास्ट बलियो बनेको छ । यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सुरेन्द्रले यसअघि चलचित्र ‘आभाष र कृ’ निर्देशन गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार