ड्रेस टु इम्प्रेसमा ९८ जना डिजाइनरहरु भिड्दै
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १७:४१:५६
८ चैत, काठमाडौं । ‘ड्रेस टु इम्प्रेसन’को सिजन–३ मा ९८ जना डिजाइनरहरु प्रतिस्पर्धा गर्दैछन् । प्रतिस्पर्धी डिजाइनहरुले शनिबार प्रि–जर्जिङ राउण्डमा फेस गरेका छन् । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुँदैछन् ।
बागबजारस्थित आईआईएफटीकै कार्यलयमा भएको प्रि–जजिङ राउण्डमा फेसन डिजाइनर महेश महर्जन, निभा श्रेष्ठ, व्यवसायी मञ्जु महर्जन र कोरियोग्राफर रोजिन शाक्य निर्णायक थिए । यही आउँदो शुक्रबार ललितपुरस्थित याक प्यालेसमा हुने ग्राण्डफिनालेका लागि सम्पूर्ण तयारी पूरा भएको आईआईएफटीका निर्देशक तेन्जिङ शेपाले बतए ।
इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुनेछन् । यस डिजाइनर कन्टेस्टमा प्रतिस्पर्धीहरु आईआईएफटीकै विद्यार्थी हुन् । बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीमा फेसन डिजाइनिङ कोर्ष गरेका विद्यार्थीहरुको आत्मविकास अविबृद्धि गर्ने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’का सुरुवात गरेको आईआईएफटीका निर्देशक शेर्पाले बताए ।
‘डेस टु इम्प्रेस’मा प्रतिस्पर्धी डिजाइनरहरुलाई मोडल तथा कोरियोग्राफी विपना थापाले प्रशिक्षण दिइरहेकी छन् । ‘ड्रेस टु इम्प्रेस’को अफिसियल एमसी रोजिन शाक्यले गर्दैछन् । प्रतिस्पर्धाबाट विजेता एक जनाले अवार्ड तथा नगद पुरस्कार पाउनेछन् । यसअघि रानी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टु इम्प्रेस’मा अवार्ड जितेका थिए । कार्यक्रमलाई थप आर्कषक बनाउन सांगीतिक कार्यक्रमसमेत हुने आईआईएफटीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार