सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने व्यक्ति पक्राउ
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १९:७:५७
९ चैत, कास्की । नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने नक्कली सहायक सेनानी मुस्ताङ थासाङ गाउँपालिका-४ ठेगाना भएका १८ वर्षीय किशोर पोखरा महानगरपालिका-१४ चाउथेबाट शनिबार पक्राउ परेका हुन् ।
सोही ठाउँस्थित निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गरे पश्चात त्यहाँ खटिएको नेपाली सेनाको टोलीले जाँच गर्दा निज नेपाली सेनामा कार्यरत नभएको पाइएकोले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रतिवेदन सहित जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको हो ।
उनको साथबाट नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह सहित पोसाक ९चुस्ता०, बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचयपत्र १ थान, फ्लाईरोज लेखिएको कालो रंगको नक्कली वाकिटकी रेडियो सेट १ थान, १ थान मोबाइल र रमेश श्रेष्ठको नामको नेपाली नागरिकताको प्रतिलिपि १ थान बरामद भएको छ ।
उनी उपर लिखत सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार