वैकल्पिक ऊर्जामा अनुदान दिदा वन क्षेत्र हराभरा
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १९:३०:३५
९ चैत,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ८ बेलडाँडीका ६५ वर्षीय राधिका साउदको मुहार पहिलेकोभन्दा निकै हसिलो छ । विगतको जस्तो उनलाई खोकीको समस्या छैन । निरोगी र शरीरमा स्फूर्ति छ । यस्तो हुनुका कारण राधिकाले ग्यास चुलोमा खाना पकाउँदा धुवाँको समस्या नहुने भएकाले श्वासप्रश्वास र खोकीको समस्या हटेर गएको हो ।
आर्थिक अवस्था कमजोर रहेका साउद परिवारले ग्यास चुलो भने आफैँले खरीद गरेका होइनन् । गाउँ नजिकै रहेको प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहले ग्यास सिलिण्डर र चुलो निःशुल्करुपमा उपलब्ध गराएको छ । “आर्थिक अवस्था कमजोर हुँदा घरायसी इन्धनका रुपमा दाउराको प्रयोग गर्दै आएका थियौँ”, राधिकाले भनीन्, “सामुदायिक वनले ग्यास सिलिण्डर र चुलो निःशुल्करुपमा उपलब्ध गराई दिएपछि त्यसमै खाना पकाउँदै आएका छौँ ।”
यसबाट वन क्षेत्रमा जाने दिनको अन्त्य भएको छ । दाउरा बाल्दा कोठा भरी धुवाँ हुँदा खोकी लाग्ने समस्या त थियो नै । खाना बनाउने भाँडाकुँडासमेत कालो हुँदा धुनै सास्ती खेप्नुपर्ने हुन्थ्यो । त्यो समस्या अब छैन ।” राधिका जस्तै गाउँका ५६ जनाले निःशुल्करुपमा ग्यास सिलिण्डर र चुलो पाएका छन् । ग्यास सिलिण्डर र चुलो पाएपछि गाउँका बासिन्दा निकै खुशी देखिएका छन् । ग्यास सिलिण्डर र चुलोको व्यवस्थाले वन क्षेत्रमा दाउराका लागि हुने वन विनाशको कार्यसमेत रोकिएको छ ।
वन क्षेत्र जानु नपर्ने भएकाले उपभोक्ताको समयको बचतसमेत भएको छ । बेचेको समय यहाँका बासिन्दाले जडीबुटी र तरकारी खेती गर्नमा खर्चिंदै आएका छन् । ग्यास सिलिण्डर र चुलो नभएका बासिन्दाको घरघरमा गोरबर ग्यास प्लान्ट जडान गरिएका छन् । गोबर ग्यास प्लान्टसमेत सामुदायिक वनकै अनुदान रकमले जडान गरिएको हो । आव ०७५÷७६ मा सामुदायिक वनका ५६ जना उपभोक्तालाई गोबरग्यास प्लान्ट जडान गर्नका लागि अनुदान रकम उपलब्ध गराइएको सामुदायिक वनका अध्यक्ष अमरबहादुर साउदले बताए ।
आउँदो आवमा गोबरग्यास र ग्यास चुलो नपाएका बासिन्दालाई समेत सामुदायिक वनले अनुदान रकम उपलब्ध गराउने योजना बनाएको उनले बताए । “आउँदो आवमा ६५ उपभोक्तालाई अनुदान रकम उपलव्ध गराउछौँ”, उनले भने, “पूरै गाउँलाई वन माथिको निर्भरता हटाई वैकल्पिक ऊर्जा प्रयोग गर्ने नमूना गाउँका रुपमा परिणत गर्छौं ।”
सामुदायिक वनले ग्यास चुलो र गोबर ग्यास प्लान्टका लागि सामाजिक विकास कार्यक्रमअन्तर्गत प्रतिपरिवार रु पाँच हजारका दरले अनुदान रकम उपलब्ध गराउँदै आएको छ । चार वर्षदेखि सामुदायिक वनले उपभोक्तालाई गोबरग्यास प्लान्ट र ग्यास चुलो वितरण गर्न निरन्तररुपमा रु दुई लाख बढी बजेटको व्यवस्था मिलाउँदै आएको छ ।
“दैनिक दाउरा सङ्कलनका लागि गृहणीलाई वन क्षेत्रमा जानुपर्ने बाध्यता थियो”, सामुदायिक वनका कार्यालय सचिव धर्मबहादुर खड्काले भने, “अब त्यो अवस्था रहेन ।” दाउराकै लागि जथाभावीरुपमा फँडानी हुने वन क्षेत्र जोगिएको छ । सामुदायिक वनका उपभोक्तासमेत वन संरक्षणमा संलग्न हुन थालेपछि वन हराभरा भएको छ । हराउँदै गएका जीवजन्तु र चराचुरुङ्गीसमेत वनमा फर्किएका छन् । वन क्षेत्रमा खर्च हुने समय महिलाले खेतबारी र अन्य आयआर्जन हुने कार्यमा खपत गर्न थालेका छन् ।
अनुदान रकम लिनका लागि सामुदायिक वनको सदस्यता हुनुपर्दछ । सबैभन्दा पहिले आर्थिकरुपमा विपन्न, दलित, एकल महिला र अपाङ्गता भएकालाई प्राथमिकतमा राखिने गरिन्छ । विसं २०६६ मा स्थापना भएको सामुदायिक वनमा २१५ जना उपभोक्ता आबद्ध रहेका छन् । सामुदायिक वन २६६ दशमलव ०५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सामुदायिक वनले विद्यालय, बाटोघाटो निर्माणका साथै उपभोक्ताको आयस्तरमा वृद्धि गर्नका लागि घुम्ती कोषमार्फत रकम लगानीसमेत गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखगराजले आइतबार विश्वासको मत लिने, एमालेका कारण सोडारी अन्योलमा
बैशाख २१, २०८१ शुक्रबार
विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी : एमालेले आज नदिने, कांग्रेसले अवरोध गर्ने
बैशाख २१, २०८१ शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार