पश्चिमी सीमाबाट स्वदेश फर्कनेहरुको एन्टिजेन विधिबाट कोरोना परीक्षण
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १३:९:७
११ चैत, कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डचौकी र डोके बजार भएर भारतबाट स्वदेश फर्कने यात्रुहरुको एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु गरिएको छ। सीमा नाकाको हेल्थ डेस्कमा स्वास्थ्यकर्मीको व्यवस्था गरी परीक्षण सुरु गरिएको हो।
‘दुई दिनअघि एन्टिजेन विधिबाट कोरोनाका शंकास्पद बिरामीको परीक्षण सुरु गरेका छौं,’ स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने, ‘ज्वरो, खोकीलगायतका कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका व्यक्तिहरुको परीक्षण भैरहेको छ।’
कोरोनाको संक्रमण बढी देखिएका भारतीय सहरबाट फर्किएकालाई निगरानीमा राख्ने कार्य भैरहेको छ। शंकास्पद देखिए परीक्षण गर्ने व्यवस्था गरिएको छ। भारतमा कारोनाका बिरामी बढेपछि विभिन्न सहरमा लकडाउन गरिएको छ। ती सहरमा रहेका नेपालीहरु स्वदेश फर्किंने भएकाले सीमा नाकामा परीक्षणको कार्यलाई अगाडि बढाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।
‘कोरोनाको संक्रमण बढेका भारतीय सहरमा काम गर्ने नेपालीहरु फर्कन सक्ने भएकाले सतर्कता अपनाएका छौं,’ स्वास्थ्य कार्यालय प्रमुख सुनारले भने, ‘पूर्व तयारी गर्न नपाउँदै सीमा नाकामा परीक्षणलाई अगाडि बढाउन निर्देशन आयो। एम्बुलेन्स, अस्पताल व्यवस्थापन, एन्टिजेनको पर्याप्तता र बजेटको व्यवस्था मिलाउन चुनौती छ। दुई तीन दिनभित्रै व्यवस्थापन समेत पूरा हुन्छ।’
सीमा नाकामा फर्कनेमध्येका शंकास्पद बिरामीको व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी, स्थानीय तहलगायतसँग समन्वयको कार्य भैरहेको उनले बताए। कोरोना परीक्षणसँगै शंकास्पद बिरामीको सीमा नाकामा औलो परीक्षण गर्ने व्यवस्था समेत मिलाइएको छ। सीमा क्षेत्रमा सम्बन्धित नगरपालिका र स्वास्थ्य कार्यालयबाट जनशक्ति व्यवस्थापनको कार्य गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार