चैत १४ गते नेवारहरुको विश्व सम्मेलन हुने
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १७:४९:५८
११ चैत, काठमाडौं । नेवारहरुको विश्व सम्मेलन हुने भएको छ । चौथो विश्व नेवार दिवस चिल्लाथ्व चतुर्दशी चैत १४ गतेको दिन काठमाडौं बसन्तपुरमा नेवारहरुको विश्व सम्मेलन आयोजना गरिने भएको हो । चौथो विश्व नेवार दिवस आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना महामारीका कारण गएको वर्ष हुन नसकेको विश्व सम्मेलन यस वर्ष आयोजना गरिएको जानकारी गराएको छ ।
सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरुको सहभागिता रहने छ । सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने आठजना विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिने पनि आयोजक समितिले बताएको छ ।
यस्तै सम्मेलनमा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्बिर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम प्रस्तुति पनि हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार