सरोजको फिल्ममा पल
नेपालबहस संवाददाता
चैत १५, २०७७ आइतबार १६:२७:३१
१५ चैत, काठमाडौं । सरोज ओलीले बनाउने नयाँ चलचित्रमा पल शाह खेल्ने भएका छन् । गायक र म्यूजिक भिडियो निर्देशकको रुपमा स्थापित नाम हो सरोज ओली । ‘माछीले खाने’ गीतले दर्शकमाझ गायकको रुपमा चिनिएका उनले दर्जनौं म्यूजिक भिडियोको निर्देशन पनि गरिसकेका छन् । नेपाली फिल्मका गीतलाई मत दिने गरी भिडियोको मेकिङ गर्ने गरेका उनी अब फिल्म निर्माणमा होमिने भएका छन् । उनले शुक्रवार फेसबुकमार्फत् यसको जानकारी दिएका हुन् ।
उनको प्रोडक्सन कम्पनी शुभ मिडियाको ब्यानरमा फिल्म निर्माण हुनेछ । उनले यसै हप्ता कानुनी प्रक्रिया पूरा गरेर अर्को हप्ता कलाकारसहित फिल्मको औपचारिक घोषणा गरिने जानकारी दिएका छन् । फिल्मको निर्देशन भने उनी आफैंले नगर्ने भएका छन् । सयौं म्यूजिक भिडियो र फिल्मका गीतमा कोरियोग्राफी गरिसकेका विक्रम स्वारले फिल्म निर्देशनको जिम्मेवारी पाएका छन् ।
६ महिनापछि छायांकनमा निस्कने बताइएको फिल्मका लागि मुख्य नायकमा पल शाह फाइनल भएको विश्वस्त स्रोतले बताएको छ । लकडाउनपछि निर्देशक ओलीले पललाई लिएर एकपछि अर्को म्यूजिक भिडियोमा काम गरिरहेका छन् । अब उनले फिल्म पनि पललाई नै लिएर बनाउन लागेको स्रोतको दाबी छ । तर, सरोज फिल्मको बारेमा अहिले नै केही नबोल्ने भन्दै पन्छिएका छन् ।
पल साइन भएको कुरा फुत्किने डरले उनले फिल्म घोषणासम्म पर्खिन आग्रह गरेका छन् । ‘सत्यम् र दुई नम्बरी’ को छायांकन सकिएपछि पलले सरोजको फिल्मलाई समय दिने बुझिएको छ । फिल्मको टिम अहिले स्क्रिप्टलाई बलियो बनाउन मेहनत गरिरहेको छ । कोरियोग्राफरको रुपमा आफूलाई स्थापित गरिसकेका विक्रम स्वारले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार