सालझण्डी–ढोरपाटन सडक पुननिर्माणका लागि ६० करोड
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार १८:५०:१९
१६ चैत,गलकोट । जिल्लाको ढोरपाटन नगरपालिकामा २०७७ भदौ १७ गते राति आएको बाढीले क्षति गरेको राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक पुनःनिर्माणका लागि रु ६० करोड बजेट स्वीकृत भएको छ ।
नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिराले खोला थुनिएर अचानक फुटेपछि भुजीखोलाको बाढीले वडा नं ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पु¥याउनुका साथै करीब १० किलोमिटर सडक बगाएको थियो । बाढीमा परेर २३ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।
बाढीले सबैभन्दा बढी ढोरपाटन–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भुजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडक बगरमा परिणत गराएको थियो । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाले ढोरपाटन नगरपालिकाको समन्वयमा झण्डै रु पाँच करोड खर्चेर सडक एक महिनापछि सञ्चालन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार