स्कुटर ठक्कर दिने चालकविरुद्ध सवारी ज्यान मुद्दा
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार १६:१५:५५
१७ चैत,भरतपुर । पश्चिम चितवनको पकौडी बजारमा भएको दुर्घटनामा स्कुटरसँग ठक्कर खाने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरसँग ठक्कर खाने ना५ख २१५० नंको यात्रुवाहक बसका चालक ३४ वर्षीय रमेश दुराविरुद्ध सोमबार सवारी ज्यान मुद्दा दर्ता भएको छ । उनी माडी नगरपालिका–९ का स्थायी बासिन्दा हुन् ।
दुराले चलाएको बसले शनिबार साँझ ना४०प ७९८२ नंको स्कुटरलाई भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । मृतक तीनै जनाको सोमबार देवघाटमा अन्त्येष्टि गरिएको मृतकका आफन्त दीपक दबाडीले जानकारी दिए । उनले भने, “यातायात व्यवसायीसँग आपसी समझदारी हुन नसक्दा अन्त्येष्टिमा ढिलाइ भएको हो । भरतपुर अस्पतालमा शव परीक्षण गरेर अन्त्येष्टिका लागि लगिएको हो ।”
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिशा अधिकारी र उनको दाइकी छोरी १७ वर्षीया दिविशा अधिकारी रहेका छन् । जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नंको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक मोहनसहित स्कुटरको पछाडि सवार दुई छोरीको मृत्यु भएको थियो । बसका चालक दुरा प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार