रावतगाउँ-ध्यारगाउँ जोड्ने सडक निर्माण
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार १७:२८:११
१७ चैत, जाजरकोट । नलगाड नगरपालिका–१० को साइलेसाँघु खोलाबाट रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण भएको छ । नगरपालिकाको सबैभन्दा दुर्गम ठाउँका रूपमा रहेको रावतगाउँमा सडक पुगेसँगै स्थानीयवासी खुशी भएका छन् ।
भिरालो जमिन, कडा चट्टान भएको ठाउँमा छिट्टै सडक बन्ला भनेर कल्पनासमेत नगरेका स्थानीयवासीले गाउँमै छिट्टै सडक पुगेपछि खुशीयाली छाएको बताएका हुन् । घरछेउमै मोटरबाटो बनेपछि स्थानीयवासी गदगद भएको वडाध्यक्ष भद्रबहादुर ध्यारले भने । सडक नहुँदा यहाँका सर्वसाधारण पाँच घण्टा हिँडेर चौखा आएर गाडी चढ्ने गर्दथे । डोल्पाको मुड्केचुला गाउँपालिका जोडिने सडक भएकाले प्राथमिकतामा राखेर काम भइरहेको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ । जनयुद्धकालमा सबैभन्दा सुरक्षित बाटो मात्र होइन, सयौँ योजना र बैठक गर्ने क्षेत्रका रूपमा समेत यो ठाउँ चर्चित छ ।
सडक निर्माणका लागि प्रदेश सरकारको रु एक करोड ४७ लाख लागतमा खड्का कृष्ण कन्स्ट्रक्शनले सडक निर्माणको जिम्मा लिएको थियो । सडकको ६२ हजार घनमिटर माटो कटिङ तथा १० हजार घनमिटर कडा चट्टानको भाग कटिङ गर्नुपर्ने उल्लेख छ । सडक बनेपछि रावतगाउँ र ध्यारगाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् ।
पहिले दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न घोडा खच्चडकै विकल्प थियो । यातायात सुविधा पुगेपछि दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न तथा स्थानीयवासीलाई आउजाउ गर्न सहज भएको स्थानीयवासी गोपाल ध्यारले बताउनुभयो । यो गाउँ अझै सञ्चार, सञ्चारमाध्यमको पहुँचबाट टाढा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार