वरिष्ठ हास्यकलाकारबाट मेकअप स्टुडियोकाे उद्घाटन
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार २२:१५:३६
१७ चैत, काठमाडौं । काठमाडौँको माहाबौद्धमा टुलिपयुनिसेक्स सलोन एन्ड हेयर ब्युटी मेकअप स्टुडियो सञ्चालन गरिएको छ । उक्त स्टुडियोको वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने, गायिका देविका बन्दना र मिसेज ब्युटीक्विन नेपालका विजेताहरूले संयुक्त रूपमा उद्घाटन गरे ।
एक दशकदेखि विभिन्न व्यवसाय गर्दै आएका रसुमिला श्रेष्ठ, कल्पना राजभण्डारी तथा सरोजा मानन्धरको संयुक्त लगानीमा आकार कम्प्लेक्समा सुविधा सम्पन्न सो स्टुडियो सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठले महिलाहरूलाई व्यावसायिक क्षेत्रमा स्वावलम्बन बन्न र मिहिनेतका साथै कलाक्षमता प्रदर्शनसँगै आर्थिक रूपमा राम्रो आम्दानी गर्नेतर्फ अघि बढ्न आग्रह गरे ।
वरिष्ठ सौन्दर्यकर्मी न्यौपानेले यस क्षेत्रमा स्वरोजगार बन्ने ठूलो अवसर प्राप्त भएकाले यसलाई उपलब्धि मान्न सकिन्छ भने। स्टुडियोमा अनुभवी ब्युटिसियनहरूद्वारा कपाल काट्ने, स्टाइलिङ गर्ने, फेसियल, मेनीकियर, पेडीकियर, मेहेन्दीलगायत विवाहका लागि महिला तथा पुरुषलाई आवश्यक पर्ने सम्पूर्ण शृङ्गारको सेवा दिइने छ । एक महिनासम्म सेवामा ३० प्रतिशत छुट गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार