महायज्ञको माग गर्दै स्वामी रामानन्दद्धारा अन्न त्याग
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार २०:१८:१२
१८ चैत,काठमाडौं । ज्ञातअज्ञात शहीदको आत्माको शान्तिका लागि आगामी वैशाख १० गते देशभरका प्रमुख नदीमा महायज्ञको माग गर्दै स्वामी रामानन्द सरस्वतीले अन्न त्याग गरेका छन् ।
सशस्त्र द्वन्द्वका क्रममा विद्रोही र सरकार पक्षबाट बलपूर्वक मारिएका ज्ञातअज्ञात शहीदको आत्माको शान्तिका लागि देशभरका सबै जिल्लाका प्रमुख नदीमा एकै दिन महायज्ञ गर्नुपर्ने मागका साथ सरस्वतीले मङ्गलबारदेखि अन्न त्याग गरेका हुन् । नेपाल सनातन धर्म संस्कृति सङ्गठन काठमाडौंको अध्यक्षसमेत रहेका स्वामी सरस्वतीले ज्ञातअज्ञात शहीदको आत्माको शान्तिका लागि अन्न त्यागको घोषणा गरेको उनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विश्व हिन्दू महासंघ, नेपाल धर्म संस्कृति सङ्गठनको केन्द्रीय समिति र जगद् गुरु मोहनशरण देवाचार्यले समेत उक्त माग गरेको विज्ञप्तिमा उल्लेख छ । देशभर एकसाथ यस्तो महायज्ञ आयोजना गरे मात्र देशमा शान्ति कायम हुने सरस्वतीले विश्वास व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार