राखु भगवती कोत मन्दिर पुनःनिर्माण शुरु
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार १५:२:१०
२२ चैत, म्याग्दी । म्याग्दीको ऐतिहासिक राखु भगवती कोत मन्दिर पुनःनिर्माण शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पुरातत्व विभागले रघुगङ्गा गाउँपालिका–२ मा रहेको भगवती कोत मन्दिरको पुनःनिर्माण शुरु गरेको हो । विभागसँग ठेक्का सम्झौता गरेको मिलीजुली–किवेष्ट जेभीले नयाँ मन्दिर निर्माणका लागि पुरानो संरचना भत्काउन शुरु गरेको छ ।
धार्मिक विधिअनुसार क्षमापूजा गरेर मन्दिर भत्काउन थालिएको हो । करसहित रु ६९ लाख ३० हजार ५६६ मा २०७७ फागुन २३ गते ठेक्का सम्झौता भएको थियो । सम्झौतामा उल्लिखित २०७८ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण शुरु गरेको मिलीजुली–किवेष्ट जेभीका सम्पर्क व्यक्ति राजीव ढुङ्गेलले बताए ।
“मन्दिरको पुरानै स्वरूपलाई जोगाउने र भूकम्पप्रतिरोधी बनाउने गरी पुनःनिर्माण गर्न लागिएको हो”, उनले भने, “भूकम्पप्रतिरोधी प्रविधि अवलम्बन गरी ढुङ्गा र काठकै सामग्री प्रयोग गर्ने डिजाइन तयार भएको हो ।” पुरानै शैलीमा निर्माण हुने मन्दिरमा सिमेन्ट र रडको प्रयोग गरिने छैन । चुना, सुर्की, गिट्टी र बालुवा प्रयोग गरेर पर्खाल बनाइने मन्दिरको छाना ढुङ्गाको हुनेछ ।
बाइसे÷चौबीसे राज्यका पालामा १७औँ शताब्दीमा भगवती मन्दिर निर्माण भएको थियो । भगवती कोत म्याग्दीका पुराना र ऐतिहासिक कोतको सूचीमा अगाडि छ । चैते र बडादशैँको अवसरमा विषेश पूजा हुने भगवती कोतमा अन्य समयमा दैनिक नृत्यपूजा हुन्छ । भगवती कोत शक्तिपीठ हो । दशैँको पूजामा यहाँ बलि चढाउने चलन छ ।
धवलागिरि आइसफल पदमार्गले समेटिएको मन्दिर परिसरबाट कालीगण्डकी नदी, पुलाश्रम, पञ्चकोटसँगै अन्नपूर्ण र नीलगिरि हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न जोड दिइएको वडाध्यक्ष रिम कटुवालले बताए ।
जिल्ला सदरमुकाम बेनीबाट चार कोस उत्तरमा कालीगण्डकी र रघुगङ्गा नदीको दोभानको शिरमा रहेको भगवती कोत मन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको सहज पुहँच छ । पैदलयात्रामार्फत पनि पुग्न सकिन्छ । तत्कालीन राखु भगवती र राखु पिप्लेकोे साझा कोतका रूपमा चिनिदै आएको यस मन्दिरको इतिहास नेपाल एकीकरण हुनुअघिको तत्कालीन विभिन्न भुरेटाकुरे राजा तथा १४औँ देखि १७औँ शताब्दीका बाइसे÷चौबिसे राज्यका राजासँग जोडिएको इतिहास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार