तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार ११:२१:११
वि.सं. २०७७ साल चैत्र २४ गते । मंगलबार । इ.स.२०२१ अप्रिल ०६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । चैत्र कृष्णपक्ष । तिथी–नवमी,०६बजेर ११ मिनेट उप्रान्त दशमी,२९ बजेर १२ मिनेट उप्रान्त एकादशी । नक्षत्र– श्रवण,२९ बजेर ३२ मिनेट उप्रान्त धनिष्ठा । योग–सिद्ध,१८ बजेर ४५ मिनेट उप्रान्त साध्य । करण–गर,०६ बजेर ११ मिनेट उप्रान्त वणिज,१७ बजेर ३८ मिनेट उप्रान्त बव । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेटमा,सूर्यास्त १८ बजेर २३ मिनेटमा । दिनमान ३१ घडी २० पला । विश्व खेलकुद दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रसस्त आम्दानी हुनाले आर्थिक स्थिती सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पती तथा सरकारी सम्पतिको प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- व्यवसायकै सन्द्रर्भमा लामो दुरिको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकिय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुशार अपडेट नहुँदा अरुभन्दा पछी परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाईलेखाईमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउनेछ । मायाप्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवन साथिसँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- आफ्नै बलबुताले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सम्पती संग्रह गर्न सकिनेछ । बिगतका कमजोरीहरुलाई सुधार गर्दै सफलताको मार्गमा पाईला चाल्न सकिनेछ । पढाईलेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओईरो आउनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा विलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- व्यापार व्यवसायमा लगानी बढाएर प्रसस्त रुपैया पैसा कमाउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेको छ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तोे उपलब्धी हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वाताबरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा बिलाशी वस्तु प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगती देख्न पाईनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी शुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरी आर्थिक स्थिती मजभुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममूखि कामगर्न सकिनेछ । विवादित बिषयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ):- व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछीसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- वन्द व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफन्त तथा साथिभाईहरुको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकि तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरु रोकिन सक्छ । मायाप्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । तरपनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरुका लागी भने समय फलदायी रहनेछ । विदेशी लगानीमा सञ्चालित सस्थाबाट मनग्गे लाभ लिन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- घर परिवार तथा समाजमा तारिफयोग्य कामगरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरु खुशि हुनेछन् । नयाँ प्रेम प्रस्ताब आउनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार