नेपाल पत्रकार महासंघको चुनावमा ढुक्कसँग मतदान गर्न आग्रह
नेपालबहस संवाददाता
चैत २४, २०७७ बुधबार १:४३:३७
२४ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको भोली हुने निर्वाचनमा ढुक्कसँग मतदान गरी आफ्ना उम्मेदवारलाई विजयी गराउन नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार संघले आह्वान गरेको छ ।
गठबन्धनको मर्म र भावनानुसार देशैभर सहमतिका आधारमा उम्मेदवारहरू शाखा, प्रदेश र केन्द्रको निर्वाचनमा होमिएको भन्दै ती सङ्गठनले गठबन्धनमा रहेका सबै उम्मेदवारलाई विजयी गराउने गुरुत्तर दायित्व सबैको काँधमा रहेको जनाएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको रक्षाका लागि सङ्गठित हुनुपर्नेमा जोड दिइएको छ ।
यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सङ्गठन नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जीएम रहेका छन् ।
सो गठबन्धनका तर्फबाट विपुल पोखरेल, प्रेस चौतारी नेपाललगायतको गठबन्धनबाट निर्मला शर्मा र पत्रकार गजेन्द्र बुढाथोकीले आ–आफ्नो समूहसहित अध्यक्षमा उम्मेदवारी दिएका छन् । महासंघको केन्द्र, प्रदेश र शाखाको निर्वाचन भोली हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार