डा. शेखरले गरे १४५ वटा पक्की घर निर्माणको शिलान्यास
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १७:९:४५
२६ चैत, काठमाडौं । सामाजिक क्षेत्रमा अतुलनीय योगदान गर्दै आईरहेको सहारा नेपाल र ह्याबिट्याट फर ह्युमानिटी नेपालले विराटनगरमा निर्माण गर्न लागेको १४५ वटा पक्की घरको शिलान्यास नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले गरेका छन् ।
विराटनगर महानगरपालिकाको महानगर आवास परियोजना अन्तर्गत प्रदेश सभा सांसद केदार कार्कीको प्रमूख पहलमा ह्याबिट्याट फर ह्युमानिटी र सहारा नेपालको संयुक्त पहलमा उक्त आवास निर्माण गर्न लागिएको सहारा नेपालका कार्यकारी सचिव तथा सामाजिक अभियन्ता महेन्द्र कुमार गिरीले बताएका छन् ।
ह्याबिट्याट फर ह्युमानिटी नेपाल र सहारा नेपालको संयुक्त लगानीमा सम्पन्न हुने उक्त परियोजनाबाट बिराटनगर उपमहानगर पालिका वाडं नं. १२ का १४५ आवासबिहिन सुकुम्बासी परिवारले पक्की घर प्राप्त गर्नेछन् । यसले सो क्षेत्रमा रहेका १४५ घर परिवार उक्त आवास कार्यक्रमबाट लाभान्वित हुने परियोजनाले लक्ष लिएको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा भावी सभापतिका दाबेदार डा. शेखर कोइरालाले हिजो एक कार्यक्रमका माझ उक्त परियोजनाको शिलान्यास गरेका हुन् । गरिबका पक्षमा हुने सबैखाले कार्यक्रममा मेरो पूर्ण साथ र सहयोग रहने छ, डा.शेखरले भनेः– हामीले गरेको राजनीतिको मुख्य उद्देश्य नै गरिबका मुहारमा आउने खुशीमा छ ।
उनले पूर्वी नेपालको सामाजिक क्षेत्रमा सहारा नेपालले अत्यन्तै राम्रा र अति विपन्न परिवार लक्षित कार्यक्रमहरु सञ्चालन गरिरहेको कुरामा आफु जानकार रहेको बताएका छन् । विगतमा समेत सयौं घरहरु निर्माण गरेर गरिवका लागि सुरक्षित आवासको ब्यवस्था मिलाएको सहारा नेपाललाई आगामी दिनमा पनि समुदाय लक्षित कार्यक्रम गर्न थप उत्प्ररणा मिलोस भन्ने शुभकामना व्यक्त गरे ।
प्रदेश सभा सांसद केदार कार्कीको पहल र सांसद विकास कोषको समेत लगानीमा ह्याविट्याट फर ह्युमानिटी र सहारा नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण हुन लागेका विपन्न लक्षित आवास कार्यक्रममा स्वयं प्रदेश सांसद केदार कार्कीले भौतिक रुपमै श्रमदान गरिरहेका छन् ।
शिलान्यास कार्यक्रममा बोल्दै डा. शेखरले अबको विकास प्रत्यक्ष देखिने, गरिब जनताले महशुस गर्ने, उपयोग गर्ने र अपनत्व प्राप्त गर्ने खालको हुनुपर्नेमा जोड दिए । उनले भनेका छन्, विश्वेश्वरप्रसाद कोइरालाले २००७ सालमा बोलेको कुरा हामी २०७७ सालमा आएर शुरु गर्दैछौं । सम्पूर्ण नेपालीको एउटा आफ्नै घर होस भनेर बीपीले देखेको सपनालाई साकार पार्न अब ढिलाई गर्नु हुदैन । प्रदेश नं. १ मा मात्र हैन ७ वटै प्रदेशमा यस्ता जनता आवास कार्यक्रमलाई बिस्तार गर्न ह्याबिट्याट फर ह्युमानिटी र सहारा नेपाललाई आग्रहसमेत गरे ।
आफुले छिट्टै सुकुम्बासीबस्तीमा घर निर्माण भएको हेर्न चाहेको बताउदै डा. शेखरले यसका लागि आफुले समेत सक्दो सहयोग गर्ने दृढता ब्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार