पशुपति क्षेत्रका नौ शक्तिपीठमा आज राति पूजा गरिने
नेपालबहस संवाददाता
चैत २७, २०७७ शनिबार २:५०:१६
२७ चैत, काठमाडौं । देशमा शान्तिको कामनाले गरिने देशोद्धार पूजा एवं जात्राको छैटौँ दिन आज रातभर पशुपति क्षेत्रस्थित वत्सलेश्वरी मन्दिरमा देवीको पूजा आराधना गरिँदैछ । चैत्र कृष्ण त्रयोदशीका दिन कर्माचार्य थरका पूजारीले बलिदान एवं पञ्चमकारसहित रातभर पूजा गर्ने प्राचीन परम्परा रहेको पशुपति क्षेत्र विकास कोषको तर्फबाट पर्व एवं जात्रा हेर्नुहुने वरुण खतिवडाले राससलाई जानकारी दिए ।
पशुपति क्षेत्रका नौ शक्तिपीठमा आज राति पूजा गरिने छ । यहाँका नौ शक्तिपीठ गुह्येश्वरी, राजराजेश्वरी, वनकाली, भुवनेश्वरी, जयवागेश्वरी, झम्केश्वरी, बालकुमारी, मनमानेश्वरी र निर्वाणेश्वरीमा पूजा आराधना गरिन्छ । यस अवसरमा चार जात ६४ वर्णका ७२ कन्यालाई पूजा गरिन्छ । कन्या पूजाका लागि अबिर पीठको विशेष आसन बनाइन्छ । चैत्रकृष्ण द्वादशीका दिन बिहीबार बज्रेश्वरी ‘पिङ्गलास्थान’ मा विशेष पूजा गरिएको थियो ।
चैत्र कृष्ण अष्टमीदेखि चैत्र शुक्ल द्वितीयाससम्म पशुपति क्षेत्रमा देशोद्धार पूजा एवं जात्राका विविध कर्म हुने गरेको छ । यो पूजा र जात्राको परम्परा लिच्छवीकालदेखि चल्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार