लकडाउनपछिका तीन महिनामा शल्यक्रिया ‘सर्जरी’ सेवामा नयाँ रेकर्ड
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार १६:०:३४
३० चैत, काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले दक्ष चिकित्सक र अन्तर्राष्ट्रियस्तरका उच्च नवीनतम उपकरणका माध्यमबाट आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ ।
‘आँखा बा’ अर्थात् अग्रज नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संस्थापक रहेको उक्त अस्पतालले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउन खुलेपछिका तीन महिनामा शल्यक्रिया ‘सर्जरी’ सेवामा नयाँ रेकर्ड नै कायम गरेको छ ।
यसअवधिमा मासिकरुपमा ५४७ सम्म सर्जरी सेवा उपलब्ध गराउनसक्षम भएको जानकारी दिइएको छ । कोभिड–१९ सङ्क्रमण जोखिम अघि सामान्यतया प्रतिमहिना ४२३ सम्म सर्जरी सेवा उपलब्ध हुँदैआएको थियो । कारोनाकाकारण गरिएको बन्दाबन्दीको समयमा भने त्यो सङ्ख्या घटेर १० देखि १२ सम्म झरेको थियो ।
कोभिड–१९ कै प्रभावका कारण आर्थिक वर्ष २०७६/७७ मा उक्त अस्पतालले ७५ हजार ७५१ लाई मात्र आँखासम्बन्धी विविध उपचार सेवा प्रदान गर्न सम्भव भएको अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिए । विगतमा त्यो सङ्ख्या निकै बढी हुने गथ्र्यो । मुलुकभर सञ्चालन रहेका आँखा अस्पतालबाट हाल वार्षिकरुपमा ३० हजारदेखि ३५ हजारसम्म सर्जरी सेवा उपलब्ध हुने गरेको छ ।
मुलुकका अन्य क्षेत्रजस्तै कोभिड–१९ को असर खेप्न परे पनि परिपक्व नेतृत्व र सुझबुझपूर्ण व्यवस्थापनका कारण अरु केही अस्पतालको तुलनामा कुनै अप्ठेरो भने झेल्नु नपरेको सञ्चालक सदस्य युद्धध्वज सापकोटाले जानकारी दिए । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवलगायतका विशिष्ट व्यक्ति यही अस्पतालमा पुगेर आँखा उपचार गराउनुभएबाट अस्पतालको सेवा प्रशंसा गर्न लायक भएको छ ।
आँखा उपचारका लागिमात्र विशिष्टिकृत सेवा दिने उद्देश्यले ४७ वर्षअघि खोलिएको मुलुककै जेठो आँखा अस्पतालले त्यस अवधिमा आन्तरिक आम्दानी असुलीमा पनि नयाँ रेकर्ड नै कायम गर्न सफल भएको सञ्चालक समितिका सचिव मेघराज गजुरेलले जानकारी दिए । अस्पतालको मुख्य आर्थिक स्रोत भनेको आफ्नो आम्दानी नै हो भने पछिल्ला केही वर्षदेखि शिविर सञ्चालनलगायतका कार्यमा सरकारले समेत सहयोग पु¥याउँदै आएको छ ।
कोरोना महामारी सङ्क्रमणका बाबजुद चालु आर्थिक वर्षको आठ महिनामा सेवा शुल्कबापत रु चार करोड ५० लाख आम्दानी भएको छ । अघिल्लो आवमा रु छ करोड आम्दानी गरेको थियो । अस्पतालले आगामी वैशाख ११ गते पन्ध्रौँ वार्षिक साधारणसभा गर्दैछ । आर्थिक वर्षभित्रै मुलुकका विभिन्न ३० स्थानमा आँखा परीक्षण शिविर, विभिन्न २० विद्यालयमा आँखा उपचार सेवाका साथै २० ठाउँमा शल्यक्रियासहितको शिविर सञ्चालन गर्न लक्ष्य राखेकामा हालसम्म छवटा मात्र शिविर सञ्चालन भएको जानकारी दिइएको छ ।
उक्त अस्पतालका सञ्चालक, सदस्य र आजीवन सदस्यमा हाल चिकित्सक, साहित्यकार, उद्यमी, पूर्वप्रशासक, सुरक्षा सेवाका पूर्वअधिकृत, अर्थविद्, वकिल, पत्रकार र उद्योगीसहित समाजका विभिन्न क्षेत्रका महानुभाव छन् ।
अस्पतालका सेवा सुलभ र गुणस्तरीय
स्थापनाको ४७ वर्ष पूरा गर्दै गरेको उक्त अस्पतालले हाल आँखासम्बन्धी विभिन्न विशिष्टकृत सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले आगामी दिनमा आँखासम्बन्धी रोग रोकथामका लागि जनचेतना र उपचारका अतिरिक्त अनुसन्धानलाई पनि जोड दिने सोच अघि सारेको छ ।
गैरनाफामूलक सेवामुखी संस्थाका रुपमा अस्पतालले सेवाग्राहीलाई सुलभ र स्तरीय सेवा दिँदै आएको छ । आँखा उपचारका क्षेत्रमा नेपाल दक्षिण एशियामै अब्बल सेवा उपलब्ध गराउने मुलुकको सूचीमा रहेको अस्पतालका संस्थापक डा पोखरेलले बताए ।
मुख्यतया अन्धोपन अन्त्य गर्ने लक्ष्यका साथ स्थापित गरिएको अस्पतालबाट प्रदान गरिने शल्यक्रिया मध्ये ८७ प्रतिशत मोतियाबिन्दुका हुन्छन् । नेपालमा हाल अन्धोपन कूल जनसङ्ख्याको ०.३५ प्रतिशतमा रहेको अनुमान छ । त्यसलाई आगामी दश वर्षमा २५ प्रतिशत कम गर्ने राष्ट्रिय लक्ष्यमा अस्पतालले सक्दो सहयोग पु¥याउने अठोट गरेको छ ।
मुलुकका ७७ जिल्लामा कुनै न कुनैरुपमा उपचार सेवा पुगेका कारण विगतमा आँखा उपचारका लागि शल्यक्रिया गर्न एक वर्षसम्म पर्खनुपर्ने अवस्था अहिले अन्त्य भइसकेको छ । अस्पतालले सेवा विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकामा तीन र सिमरामा सेवा विस्तार गरेको छ ।
हाल उक्त अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ९४ जना जनशक्ति कार्यरत छन् । सोही क्रममा आँखा स्वास्थ्य शिक्षा र अस्पतालका सेवाबारे प्रचारप्रसार, प्राविधिक कर्मचारी नवीनतम ज्ञानका लागि प्रशिक्षण, विशिष्टकृत सेवा र प्राथमिक आँखा केन्द्र विस्तार तथा स्थानीय तह र सामाजिक संघ संस्थासँग सहकार्य एवं समन्वय गरी अघि बढ्ने रणनीति बनाएको छ ।
नवआगन्तुक आजीवन सदस्यको परिचयात्मक कार्यक्रममा अस्पतालका अध्यक्ष डा पोखरेलले आँखा उपचार सेवालाई थप गुणस्तरीय बनाउने अस्पतालको चाहनालाई साकार तुल्याउन सबैसँग आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कुसुम सेञ्चुरी
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
सांस्कृतिक पहिरनसहित काठमाडौंको वसन्तपुरमा धुमधामसँग मनाइयो नेपाल संवत्
कात्तिक १७, २०८१ शनिबार
राष्ट्रपति भवन शीतल निवासमा गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
सर्लाहीको बरहथवा बजारमा आगलागी, तीन करोड बराबरको सम्पत्ति जलेर नष्ट
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत नेपाली माटोबाट जन्मिएको होः प्रधानमन्त्री
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
कात्तिक १७, २०८१ शनिबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार