बर्दिया राष्ट्रिय निकुञ्जमा आगलागी, धुवाँले हिँडडुल गर्न निकै समस्या
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार १८:५९:४७
३० चैत, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका वनभित्र डढेलो लागेको छ । निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने चुरे पहाडबाट सल्किएको डढेलो निकुञ्जको पश्चिम दक्षिण क्षेत्रमा फैलिँदै आएको हो । निकुञ्ज क्षेत्रमा लागेको डढेलोको धुवाँले निकुञ्ज मध्यवर्ती क्षेत्रका बस्ती ढाकेको छ ।
निकुञ्जमा लागेको डढेलोका कारण पशुपक्षी, जनावर, बोटबिरुवा तथा जडिबुटीहरु जलेर नष्ट हुने डर बढेको छ । डढेलोको धुवाँले निकुञ्जको सुरक्षार्थ खटिएका सेना र निकुञ्जका कर्मचारी पनि प्रभावित भएका छन् । विशेषत बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने भुरिगाउँ, रानीपुर, कर्मला, प्रतापुर, डुम्रेनी, सैनवार, मैनवार, बर्गदा, रम्मापुर, औँरी, ठाकुरद्धारा लगायतका दुई दर्जनभन्दा बढी गाउँलाई केही दिनयतादेखि डढेको धुवाँले ढाकेको छ ।
डढेलोको धुवाँले निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दामा आँखा पोल्ने, सास फेर्न गाह्रो हुने, गाडि चलाउन गाह्रो हुनेलगायतका समस्या देखा परेको छ । धुवाँका कारण हिँडडुल गर्न र बाहिर निस्कन निकै समस्या परेको छ ।
बस्तीमा दिउँसोको तुलनामा राति र बिहानपख बढी धुवाँको प्रभाव पर्ने गरेको छ । दिउँसो हावा चल्ने हुनाले धुवाँको प्रभाव केही कम हुने भए पनि साँझ पर्नासाथ धुवाँले गाउँ ढाक्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार