संक्रमण बढेसंगै नाका निरीक्षणमा पुगे काठमाडौंका सीडीओ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
चैत ३१, २०७७ मंगलबार २१:२८:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/ktm-cdo_1IEB34rmvU.jpg)
३१ चैत, काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएपछि काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली नागढुंगा नाकामा निरीक्षण गर्न पुगेका छन् । उनले त्यहाँ चेकजाँच र एन्टिजेन परीक्षण भए नभएकोबारे निरीक्षण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसंगै निरीक्षणमा काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह पनि गएका गएका थिए । पराजुलीले थानकोटमा रहेको हेल्थ डेस्कलाई पनि प्रभावकारी बनाइएको साथै नाकामा आउने हरेक बसलाई चेकिङ गरेर मास्क लगाए नलगाएको समेत हेर्न भनेको बताएका छन् । नाकामा अहिले एन्टिजेन परीक्षणका लागि जनशक्ति कम भएको र त्यसको लागि स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको उनले बताएका छन् ।
हाल नाकामा एन्टिजेन परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको टोली खटिएको छ । यसअघि २३ चैतमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले नाकामा अनिवार्य एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती सरकारबाट समर्थन फिर्ता लिँदै एमालेका मन्त्रीहरुले बुझाए राजीनामा
असार २४, २०८१ सोमबार
अपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार