अनेसास कोरियाद्वारा नयाँ वर्षमा बृहत् रचना वाचन कार्यक्रम
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १७:४:०
१ वैशाख,सउल । अनेसास कोरिया च्याप्टरले नयाँ वर्ष २०७८ को अवसर पारेर शुभकामना आदानप्रदान तथा बृहत् रचना वाचन कार्यक्रम आयोजना गरेको छ । अनेसास कोरियाका अध्यक्ष प्रमोद सारङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रमा वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, कवि तथा कलाकार रमेश श्रेष्ठ, कवि गोवद्र्धन पूजा र कवि तथा समालोचक महेश पौड्याललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा कवि रोशन परियार, मनोज विश्वकर्मा, लक्ष्मण गगन, कपिल अञ्जान, दिलु थापामगर, प्राञ्जल, रामचन्द्र शर्मा, ऋद्धिमा रिजाललगायतले आ–आफ्ना कविता, गजल, मुक्तक वाचन गरेका थिए । अतिथि स्रष्टा तथा रचना वाचकरूलाई च्याप्टरले सम्मानपत्रसमेत वितरण गरेको थियो ।
कार्यक्रममा केही महिनाअघि अनेसास कोरियाले आयोजना गरेको कोरियाव्यापी खुला कविता प्रतियोगिता, २०७७ मा विजयी भएका कविलाई पुरस्कार वितरणसमेत गरेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका कवि क्रमशः युवराज फुँयाल, निर्दोष शिव र माधव लम्साललाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
विगत लामो समयदेखि अनेसास कोरियाले कविता, गजल, मुक्तकजस्ता सबै विधामा सन्तुलन राखेर विभिन्न साहित्यिक कार्यक्रम गरेको स्मरण गर्दै यस कार्यक्रममा पनि हरेक विधामा कलम चलाउने अधिक स्रष्टालाई उपस्थित गराइएको र यसले नेपाली साहित्यको श्रीवृद्धिमा केही न केही सहयोग पुग्ने अपेक्षा लिइएको संस्थाका अध्यक्ष सारङ्गले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार