“सेक्सपियरको आँगन”बाट बेलायत चियाउँदा
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १९:२०:३
१ बैशाख,काठमाडों । “सेक्सपियरको आँगन”, यात्रा–निवन्धसङ्ग्रह हो । यसको शीर्षकबाट नै यो यात्रा इङ्ल्यान्डको हो भन्ने अनुमान गर्न सकिन्छ । किनभने सेक्सपियर विश्वका एक महान साहित्यकार हुन् जसको जन्म इङ्ल्यान्डस्थित हेनले स्ट्रिट स्टार्टफोर्ड अपन एभन वरविकसायरमा भएको थियो । उनकै घर आँगनको तस्वीर पुस्तकको आवरण पृष्ठमा सजाइएको छ ।
साहित्यकार विनोद साधकका यसअघि अनुभूति (कथा सङ्ग्रह), अल्झिएको मन (गीत, कविता सङ्ग्रह) र मुक्तियात्रा (यात्रा–निवन्ध सङ्ग्रह) जस्ता पुस्तकहरु प्रकाशन भइसकेका छन् । यो पुस्तक उनको चौथो साहित्य कृति हो । वि.सं. २०१२ मा जन्मेका साधक पूर्णकालीन समय बिताएर नोकरीबाट अवकाश भएका छन् भने विगत २२ वर्षदेखि नमूना मच्छिन्द्र क्याम्पस, लगनखेल, ललितपुरमा अध्यापन गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनाचार्य (एमपिए)सम्मको शिक्षा हासिल गरेका छन् ।
सृजनशील स्वभाव भएका साधकमा नोकरी, समाजसेवा, अध्यात्म चिन्तन, नेपाली साहित्य तथा अध्यापनतर्फ अनुभव छ । आकर्षक आवरणपृष्ठ तथा पुस्तकभित्र रहेका भ्रमणका रङ्गीन तस्वीरहरुले पुस्तकलाई सुन्दर बनाइदिएको छ । पुस्तकलाई चार भागमा विभाजन गरिएको छ । पहिलो भागमा संयुक्त अधिराज्य (युके) को परिचय, साधक दम्पतीको पहिलो र दोस्रो लन्डन यात्रासँग सम्बन्धित लेखहरु छन् ।
दोस्रो भागमा भ्रमण गरिएको पैंतीस वटा ऐतिहासिक तथा धार्मिक स्थलहरुको बारेमा राम्रो जानकारी पाइन्छ । बकिङघम प्यालेस जहाँ हालका महारानी एलिजाबेथ द्वितीया रहेकी छिन् । विन्डसर कासल (किला), यो इङ्ल्यान्डको वर्कसायर काउन्टीको विन्डसर नाम भएको स्थानस्थित एक शाही किला (दरबार) हो । यी लगायत इङ्ल्यान्डका सुप्रसिद्ध स्थानहरु, पार्क, विद्यालय, हिन्दु मठमन्दिर, बजार, सडक, नेपाली चाडपर्वको विदेशमा महत्वका बारेमा साधकले मिहिन तरिकाले वर्णन गरेका छन् ।
यस सङ्ग्रहमा साधकले सेक्सपियरको सम्झनामा उनकै आँगनमा वाचन गरेका कविता पनि समावेश गरेका छन् । पुस्तकभित्र पारिवारिक र इष्टमित्र, नातेदारका गतिविधिलाई ठाउँठाउँमा समेटेर यात्रा स्मरणलाई भिन्न शैलीमा प्रस्तुत गर्न खोजेको देखिन्छ । समग्रमा “सेक्सपियरको आँगन” नामक यात्रा–निवन्धसङ्ग्रह पुस्तक निकै सूचनामूलक, पठनीय र सङ्ग्रहणीय छ । पुस्तकको मूल्य रु ३००।– राखिए पनि पुस्तकको गुणस्तर, तस्वीरहरुले मूल्यलाई न्याय गरेको पाइन्छ ।
कृतिः सेक्सपियरको आँगन
विधा :यात्रा–निवन्ध सङ्ग्रह
लेखक : विनोद साधक
मूल्य : रु.३००।–
जम्मा पृष्ठ : १२४
प्रकाशक : विराटसिंह खडका
मुद्रण : राजमति प्रेस, ललितपुर
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा
कात्तिक १२, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार
इरानमा हिजाब सम्बन्धी नयाँ कानून लागू, उल्लङ्घन गर्नेलाई मृत्युदण्डको सजाय
मंसिर २७, २०८१ बिहिबार
ओलीको लगानी भनिएको प्रमाण आफैंले नबनाएको प्रसाईंको दावी, संगठित अपराधमा मुद्दा चलाउने
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
मंसिर २७, २०८१ बिहिबार