९० लाखको लागतमा ग्रामीण विद्युतीकरण कार्य शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार २१:५१:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/bidhut_d4wIsPE9Vf.jpg)
१ वैशाख,वाग्मती । मकवानपुरको ग्रामीण तथा दुर्गम क्षेत्रका बस्तीमा चालु आर्थिक वर्षमा रु नौ करोड ९० लाखको लागतमा ग्रामीण विद्युतीकरण कार्य शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र कार्यालय हेटौँडाद्वारा उक्त विद्युतीकरणको काम अगाडि बढाइको हो ।
स्थानीय निकाय र जनताको मागको आधारमा ग्रामीण क्षेत्रमा विद्युतीकरणको काममा तीव्रता दिइएको बताइएको छ । उक्त विद्युत्ीकरणका लागि टेण्डरसमेत स्वीकृत भइसकेको र केहीस्थानमा निमार्ण प्रक्रियासमेत भइरहेको केन्द्रका कार्यालय प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए । उक्त बजेटको आधारमा मकवानपुरको सात गाउँपालिकासहित एक उपमहानगरपालिकामा ग्रामीण विद्युतीकरणको काममा तीव्रता दिइएको सो कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मकवानपुरको मनहरि, मकवानपुरगढी, भीमफेदी, वकैया, राक्सिराङ, कैलाश र वाग्मती गाउँपालिका तथा हैटौँडा उपमहानगरपालिका क्षेत्रमा ग्रामीण विद्युत्ीकरणको काम शुरु भएको हो । साथै उक्त कार्यालयले आफनो कार्यक्षेत्रमा काठका पोल विस्थापित गरी नयाँ सिमेन्टका पक्की पोल राख्ने र तार तथा नयाँ टान्सफर्मर समेत लगाउने काम गरिरहेको छ । कार्यालयवाट ६५ हजार २५४ विद्युत् मिटर लिने ग्राहक रहेका छन् । चालु आर्थिक वर्षको चैत महिनासम्ममा चार हजार नयाँ विद्युत् मिटर ग्राहक थपिएको छ । विगतमा ६१ हजार विद्युत् मिटर ग्राहक थिए । सो कार्यालयलाई मासिक रु १९ करोडभन्दा बढी विद्युत् सेवा लिएबापत विद्युत्् महसुल उठ्ने गरेको कार्यालयको लेखा शाखाले जनाएको छ ।
साथै कार्यालयमा लामो समयसम्म विद्युत् महसुल अर्थात विद्युत् राजस्व नवुझाउनेको सङ्ख्या हालसम्म २२ हजार रहेको र उनीहरुको विद्युत् लाइन काटिएको छ जसमध्ये ५४० ग्राहक कालोसूचीमा राखिएको सो कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ । त्यस कारबाहीमा पर्नेहरु सर्वसाधारणउपभोक्ता, उद्योगी र व्यवसायीसमेत रहेका छन् ।
कालोसूचीमा परेकाहरुबाट रु ६६ लाख महसुल उठन् बाँकी रहेको छ । साथै कारबाहीमा परेकाहरुको घरबाट विद्युत् मिटरसमेत उठाउने कार्य भइरहेको बताइएको छ । त्यस्तै कार्यालयले विद्युत् महसुल बुझाउन समस्या आउन नदिनका लागि सो कार्यालयअन्तर्गत मनहरि, भीमफेदी र फाफरवाडीमा विद्युत् महसुल काउन्टरको व्यवस्था गरेको छ । साथै अनलाइनबाटसमेत विद्युत् महसुल वुझाउने व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती सरकारबाट समर्थन फिर्ता लिँदै एमालेका मन्त्रीहरुले बुझाए राजीनामा
असार २४, २०८१ सोमबार
अपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार