आन्तरिक पर्यटकको गन्तव्य बन्दै हनुमन्तेडाँडा
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार २१:४२:५८
२ वैशाख,चरीकोट । दोलखाको वैत्येश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानास्थित हनुमन्तेडाँडा यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको हनुमन्तेडाँडामा पछिल्लो समय दैनिक पर्यटकको चहलपहल बढेका हुन् । समुन्द्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्ने सो क्षेत्रमा नयाँ वर्ष–२०७८ मनाउनका लागि अत्याधिक आन्तरिक पर्यटक पुगेका छन् । नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै गरेको हनुमन्तेडाँडा बिदामा घुम्ने उपयुक्त गन्तव्य समेत बन्न पुगेको छ । नयाँ वर्ष–२०७८ मनाउन बुधबार मात्रै करिब पाँच हजार आन्तरिक पर्यटक हनुमन्तेडाँडा पुगेको वैत्येश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।
नयाँ वर्षको अवसरमा दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाई र विशाल खड्काको उपस्थितिमा दोलखाको घुम्नैपर्ने पर्यटकीय क्षेत्रमध्ये एक रहेको भन्दै हनुमन्तेश्वर पर्यटन विकास क्षेत्रसमेत घोषण गरिएको छ । प्रदेशसभा सदस्यद्वय चौलागाईँ र खड्काले खावाडाँडामा निर्माण भएको हनुमन्ते प्रवेशद्वारको उद्घाटन गर्दै हनुमन्ते पर्यटन क्षेत्र घोषण गरेका हुन् । सोही अवसरमा हनुमन्तेश्वर डाँडामा निर्माण गरिएको हनुमानको मूर्तिसमेत अनावरण गरिएको थियो । “बिदामा घुम्ने उपयुक्त गन्तव्यको रुपमा हनुमन्तेडाँडा विकास भइरहेको छ”, प्रदेशसभा सदस्य चौलागाईँले भने, “त्यहाँको रमणीय दृश्यावलोकनका लागि पनि आन्तरिक पर्यटक आउने गरेका छन् ।”
हनुमन्ते क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनका लागि वाग्मती प्रदेश सरकारले समेत विशेष चासो राख्दै आएको छ । उक्त क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई लक्षित गरी वाग्मती प्रदेश सरकारको सहयोगमा खावाबजारबाट हनुमन्तेको बेसक्याम्प मानिने मेहेलेसम्म सडक मार्ग निर्माण गरिएको छ भने मेहेलेबाट हनुमन्तेडाँडासम्म पदमार्ग सिँढी निर्माण गरिनुका साथै विभिन्न क्षेत्रमा पर्यटकीय संरचना निर्माण गरिएको छ ।
हनुमन्तेडाँडाको छुट्टै धार्मिक मान्यता रहेका कारण धार्मिक पर्यटक हनुमन्ते क्षेत्रमा पुग्ने गरेको पाइन्छ । हिन्दू धर्मशास्त्रानुसार हनुमानले हुमन्तेडाँडाको पहाडबाट नै सञ्जीवनीको बुटी लगेको उल्लेख गरिएको छ । परापूर्वकालमा हनुमन्तेडाँडामा हनुमानको मूर्ति आफँै उत्पत्ति भएको किंवदन्ती पाइन्छ भने उक्त मूर्ति त्यस क्षेत्रबाट पछि चोरी भएको स्थानीयवासीले बताएका छन् । हनुमन्तेडाँडामा हिन्दू धर्मावलम्बीहरूको आस्था जोडिएको र यसलाई अब रामायण सर्किटसँग जोडेर धार्मिक पर्यटकको आकर्षक गन्तव्य बनाउने योजना रहेको प्रदेशसभा सदस्य चौलागाईँले बताए ।
हनुमन्तेमा जान चाहने पर्यटक सहजै उक्त क्षेत्रमा पुग्न सकिन्छ । चरीकोट–जिरी सडकखण्डअन्तर्गत खावाबजारबाट बेस क्याम्प मेहेलेसम्म यातयातका साधनमार्फत र केही घण्टा पैदलयात्रापछि हनुमन्तेमा पुग्न सकिन्छ । हनुमन्तेमा हनुमानको पूजा गर्न पाउनुका साथै उक्त क्षेत्रबाट विभिन्न हिमाल, रोलवालिङ हिमशङ्खला तथा आकर्षक प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिन्छ । पर्यटकको चहलपहल बढ्न थालेसँगै त्यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार