द्रूतमार्ग सडक आयोजनासम्बन्धी सेनाको ‘केटिएफटी जर्नल’ प्रकाशन
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार २३:३२:६
२ वैशाख,काठमाडौं । नेपाली सेनाले काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग सडक आयोजनासम्बन्धी लेख–रचनाको संग्रह (केटिएफटी जर्नल) प्रकाशन गरेको छ । राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुुग्ने राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेको द्रूतमार्ग सडक आयोजनाको वस्तुस्थिति तथा गतिविधि समेटिएको उक्त जर्नलको आज प्रधानसेनापति पूर्णचन्द्र थापाले सार्वजनिक गरेका छन् ।
जर्नलमा सैनिक तथा गैरसैनिक व्यक्तिका कूल २० लेख समेटिएका छन् । त्यसमा ११ अनुसन्धानमूलक र नौ जानकारीमूलक रचना संग्रहित छन् । कार्यक्रममा प्रधानसेनापति थापाले उत्कृष्ट तीन लेख–रचनाका लेखकलाई पुरस्कार प्रदान गरेका थिए । पदमकुमार आङ्बो, अनन्तसिंह भाट र गौरव भट्टराईका लेख क्रमशः प्रथम, दोस्रो र तृतीय भएका थिए । यस्तै विभिन्न अनुसन्धानात्मक तथा जानकारीमूलक लेख उपलब्ध गराउने लेखकलाई पनि प्रधानसेनापतिले कदरपत्रद्वारा सम्मान गरेका थिए ।
कार्यक्रममा द्रूतमार्ग आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले देशको राजधानी काठमाडौँ र तराई÷मधेस जोड्ने देशकै पहिलो द्रूतमार्ग आयोजनाको बहुआयामिक महत्व र यसका विविध पाटाका सम्बन्धमा अध्ययन, अनुसन्धान गरी लेख रचना प्रकाशन गरिएको बताए । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको द्रूतमार्गको निर्माण कार्यको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सार्थक बनाउन मुलुकको रक्षा तथा विकास निर्माणमा नेपाली सेनाले आफूलाई उभ्याउँदै आएको छ ।
सरकारले २०७४ सालमा राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुग्ने राष्ट्रिय गौरव एंव रणनीतिक महत्व बोकेको द्रूतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । कूल ७२.५ किलोमिटर लम्बाइको यस आयोजनाको भौतिक प्रगति १२.९ र वित्तीय प्रगति ९.५२ प्रतिशत रहेको सेनाले जनाएको छ । विभिन्न ११ क्लष्टरमा विभाजन गरी सेनाले द्रूतमार्ग निर्माणको काम गर्दै आइरहेको छ । आयोजनामा १०.५९ किलोमिटर पुल र ६.४९ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने हुन्छ । आव २०८०÷८१ मा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार