प्रादेशिक अस्पताललाई कोरियाली संस्थाको सहयोग
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १७:३०:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/mathinkot-hospital_XTchWMbexv.jpg)
३ वैशाख,काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेँसीस्थित मेथिनकोट प्रादेशिक अस्पताललाई कोरियाली संस्थाबाट प्राप्त मेडिकल सामग्री हस्तान्तरण गरिएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाइ एशोसिएशन (कान)ले अस्पताललाई अत्यावश्यक २९ थान मेडिकल सामग्री बिहीबार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा कोइकाका कन्ट्री डाइरेक्टर सङ हुन–को र कोइका अलुम्नाइका अध्यक्ष विनोद बिडारीले संयुक्तरूपमा काभ्रेपलाञ्चोकको नमोबुद्ध–४ का वडाध्यक्ष एवं मेथिनकोट अस्पतालका अध्यक्ष उद्धवप्रसाद काफ्लेलाई मेडिकल सामग्री हस्तान्तरण गरेका थिए । अस्पताललाई पेसेन्ट मोनिटर दुई, अक्सिजन कन्सनट्रेटर दुई, कार्डियोग्राफी सिटिजी मेसिन एक, बिआइपी–एपी मेसिन एक, पल्स अक्सिमिटर पाँच, डिजिटल बिपी मेसिन छ, इमर्जेन्सी शय्या तीन, अक्सिजन रेगुलेटर पाँच, इमर्जेन्सी मेडिकल कार्ट एक र इमर्जेन्सी शय्या म्याट्रेस तीन थान सहयोग गरिएको हो ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले सामान्य अवस्थामा शुरु भएको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पताल बनाइएको तर आवश्यक पूर्वाधार, जनशक्ति र मेडिकल सामग्री अभावका कारण प्रभावकारी सेवा प्रदान गर्न समस्या परेको बताउँदै अस्पताललाई आवश्यक मेडिकल सामग्री प्रदान गरेकोमा कोइका र कोइका अलुम्नाइ एशोसिएशनलाई धन्यवाद दिए ।
सो अवसरमा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ–सीकले मेथिनकोट प्रादेशिक अस्पतालले कोभिड–१९ को महामारीको समयमा पु¥याएको योगदानबारे प्रशंसा गर्दै अस्तपाललाई थप आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “पुनः कोभिडको सामना गर्नुपरेको छ, विगतझैँ अस्पतालले सेवा दिइरहोस्, थप आवश्यक सहयोग गर्नेछु ।”
वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले अस्पतालका लागि प्रदेश सरकारले सहकार्य गर्ने जिम्मेवारी लिएको बताउँदै १५ शय्याको अस्पताललाई ५० शय्याको बनाउने निर्णय प्रदेश सरकारले गरेको र पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको बताए ।
कोइका अलुम्नाइका अध्यक्ष बिडारीले एशोसिएशन स्थापनाको २० वर्षमा पहिलोपटक ठूलो मात्रामा सामग्री सहयोग गरिएको बताए । उनले भने, “हामीले २० वर्षमा नगरेको काम मेथिनकोट अस्पतालमा गर्न पाएकामा खुशी छौँ, अस्पताललाई थप सुविधासम्पन्न बनाउन राजदूत सुकसँग थप सहयोग माग्नेछौँ ।” विसं २०६६ देखि सञ्चालनमा आएको उक्त अस्पताललाई रु १९ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार