अन्तत कोरोनासँग हार्दै सधैंका लागि अस्ताएका मिश्र
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार २०:२८:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/death-corona-1_mrgAiJWb8r.jpg)
३ वैशाख,भक्तपुर। टेकु अस्पतालको भेन्टिलेटरमा निकै सकस काट्दै कोरोनासँग लडिरहेको छु, अब भने बाँच्ने आशा पलाएको छ, सत्कर्ममा लागौँ, राधे राधे ।’ विर्तामोड नगरपालिका–८ झापा घर भई विगत १५ वर्षभन्दा बढी भक्तपुर जिल्लामा रहेर पत्रकारिता गर्दै आएका द्वन्द्वपीडित पत्रकार ४९ वर्षीय पत्रकार कमल मिश्र माथिको वाक्य लेखेको एक हप्ता पनि नबित्दै अन्ततः कोरोनासँग हार्दै सधैंका लागि अस्ताए । उनको वैशाख १ गते राति कोरोना सङ्क्रमणकै कारण ज्यान गएको थियो ।
झापाबाट कम्युनिष्ट आन्दोलनसँगै पत्रकारिता शुरु गरेका पत्रकार मिश्रको निधनले भक्तपुरका क्रियाशील पत्रकारलाई स्तब्ध बनाएको छ । मानव अधिकारवादी संस्था इन्सेक अनलाइनमा समेत लामो समय पत्रकारिता गरेका मिश्रले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको सम्बोधन, दृष्टि, जनधारणा, जनादेश साप्ताहिक, नयाँ सडक दैनिक, जनदिशा दैनिक, इन्सेक अनलाइन हुँदै नेपाल समाचार पत्र र महानगर दैनिकमा संवाददाता रहेर पत्रकारिताको तीन दशक यात्रा पूरा गरेका थिए ।
पत्रकारिता क्षेत्रको चर्चित ‘भूषण जोशी पत्रकारिता पुरस्कार’ पाएका उनले आफ्नै सम्पादनमा गणतन्त्र साप्ताहिकसमेत प्रकाशित गरेका थिए । तत्कालीन माओवादी जनयुद्धकालको पहिलो सङ्कटकालमा माओवादीको आरोपमा ज्यान जोखिममा परेपछि भागेर भारतस्थित ससुराली पुगेका मिश्रलाई माओवादीको आरोपमा भारतीय प्रहरीले पक्राउ गरी निकै यातना दिएको उनले आफ्नै लेखमा चर्चा रेका छन् ।
भारतमा एउटा आँखा गुमाउनु परेको र शरीर अङ्गभङ्ग भएपछि झापामा भएको आफ्नो सबै सम्पत्ति बिक्री गरी उपचार गराएका मिश्रले दोस्रो सङ्कटकालमा पनि झापाबाट ज्यान जोगाउन भागेर काठमाडौँ आएर नेपाल पत्रकार महासंघको कार्यालयमा केही दिन आश्रय लिएको उनले बताएका थिए ।
विसं २०६२÷६३ को जनआन्दोलनपछि भने पत्रकार मिश्र खुल्ला भएर हिँडेको र भक्तपुरस्थित दुवाकोटमा भाडाको कोठामा श्रीमती र बालिका तीन छोरीका साथ बस्दै भक्तपुरबाट पत्रकारितामा निरन्तरता दिँदै आएका थिए । स्वास्थ्य परीक्षणका क्रममा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि गत चैत १३ गतेदेखि शुक्रराज ट्रफिकल सरुवा रोग अस्पताल टेकुमा भर्ना भई भेन्टिलेटरमा उपचार भइरहँदा पनि उनले साथीहरुलाई फोन गर्दै आफ्नो अवस्थाका बारेमा जानकारी गराउँदै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
असार १९, २०८१ बुधबार
अधिवेशन गर्न नसकेर थला परेका कांग्रेसका १० भ्रातृ संस्थाको चैत्रसम्म थपियो म्याद
असार १९, २०८१ बुधबार
मनाङको बाटो सधैँ जोखिमपूर्ण
असार १९, २०८१ बुधबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार