संक्रमण रोकथाममा एमाले कमिटी परिचालन
नेपालबहस संवाददाता
बैशाख ४, २०७८ आइतबार १:३२:४९
४ वैशाख, राँझा । नेकपा ‘एमाले’ बाँकेले कोरोना भाइरस संक्रमण रोकथामका लागि जिल्लाव्यापीरूपमा मातहतका कमिटीलाई परिचालन गरेको छ । पार्टीका वडास्तरमा रहेका कमिटीको नेतृत्वमा टोलटोलसम्म पुग्ने गरी कोरोना भाइरस सङ्क्रमण रोकथामको सचेतना अभियान सञ्चालन शुरु गरिएको एमाले बाँकेका अध्यक्ष सूर्य ढकालले जानकारी दिए ।
उनका अनुसार अभियानअन्तर्गत पार्टीका वडास्तरमा रहेका वडा कमिटीले प्रत्येक वडामा मास्क प्रयोग, स्यानिटाइजर, सामाजिक दूरी कायम गर्ने, शङ्कास्पद बिरामीको उपचार व्यवस्थामा सहयोगी भूमिका निर्वाह गर्नेछन् ।
जिल्लाका आठ स्थानीय तहमा रहेका ८१ वटै वडामा रहेका पार्टी कमिटीका अध्यक्ष र सचिवलाई आवश्यक तयारी र परामर्शसहित आजदेखि कार्यक्षेत्रमा खटाइएको अध्यक्ष ढकालको भनाइ छ । “पार्टीको वडा कमिटीले स्थानीय तहले सञ्चालन गरेका कोरोना भाइरसविरुद्धको अभियानमा समेत सहकार्य र सहयोगी भूमिका निर्वाह गर्नेछन्”, उनले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार