राप्रपा निकट टुकोनको महिला विभाग गठन
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार २१:४४:४३
५ वैशाख, काठमाडौं । राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा) निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आज महिला विभाग गठन गरेको छ ।
नवगठित महिला विभागको प्रमुखमा सुशिला गिरी, उपाध्यक्षमा संगिता रिमाल, अनिता ठकुरी र मनमिरा श्रेष्ठ, सचिवमा सविना हुमागाईं र यमुना पुरी, कोषाध्यक्षमा सिजन श्रेष्ठ तथा सदस्यहरुमा विमला गिरी, सिमा राजवाहक, सविना थापा, जानुका रिजाल, सम्झना नेवा र गोमा विडारी रहेका छन् ।
नवगठित विभागका पदाधिकारी तथा सदस्यहरुलाई ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारी तथा राप्रपा वागमती प्रदेशका सांसद रिता माझीले खादा एवं टिका लगाएर स्वागत गरेका थिए ।
समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सांसद रिता माझीले महिलाहरु पनि पुरुषहरुसरह जस्तोसुकै काम गर्न पनि सक्षम भएको प्रमाणित गर्न टुकोन आवद्ध महिला विभागले उदाहरणीय कार्य गर्नेमा आफू विश्वस्त रहेको बताउँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले महिला श्रमिकहरुलाई ज्यालामा हुनेगरेको विभेदका विरुद्धमा नवगठित महिला विभागले आवाज वुलन्द गर्ने विश्वास व्यक्त गदै भर्खरै केन्द्रीय महाधिवेशन सम्पन्न गरेको टुकोनले चाँडै नै अन्य विभागहरुलाई पूर्णता दिएर महासंघलाई अझ सशक्त बनाउने दृढता व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार