कुष्ठरोग रोकथामको प्रमुख चुनौती सामाजिक भेदभाव
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार २०:२८:४५
६ वैशाख,राँझा । सामाजिक भेदभाव र लाञ्छनाका कारण बाँकेमा कुष्ठरोगको रोकथाम प्रभावकारी हुन सकेको छैन । रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय आइएनएफलगायतका सरोकारवाला निकायले पहल गर्दै आए पनि बिरामी प्रत्येक वर्ष थपिँदै आएको स्वास्थ्य कार्यालयका अधिकृत एवं क्षय कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिए ।
“कुष्ठरोगप्रतिको धारण गाउँ समाजमा परिवर्तन हुन सकेको छैन, बिरामीलाई गरिने लाञ्छना र भेदभावले कुष्ठरोगको स्थिति ज्यूँका त्यूँ छ”, नेपालीले भने, “औषधि सेवन गरे निको भइहाल्ने भए पनि भेदभाव र लाञ्छनाले बिरामी नखुल्ने र गाउँघरमा प्रभावकारी उपचार नहुने हुँदा कुष्ठरोग बढ्दै गएको छ ।”
उनका अनुसार बिरामीसँग सामान्य लसपसबाट यो रोग सर्दैन । यो रोग लागेका बिरामीलाई पूर्वजन्मको पाप तथा देवीदेवताको श्राप हो भनेर छुवाछूत गर्ने मानसिकता अझै हट्न नसकेका कारण रोकथाममा चुनौती थपिएको छ । बाँकेमा गत आर्थिक वर्षमा १३३ कुष्ठरोगका बिरामी थिए भने यस आर्थिक वर्षको पुस मसान्तसम्म ५३ बिरामी पहिचान भई विभिन्न अस्पतालबाट उपचार लिइरहेका छन् । गत आर्थिक वर्षमा पहिचान भएका १३३ कुष्ठरोगीमध्ये २९ महिला र ४२ पुरुष जटिल अवस्थाका र ३४ महिला तथा २८ पुरुष सामान्य अवस्थामा रहेका थिए ।
जटिल अवस्थामा रहेका रोगीलाई कम्तीमा १२ देखि २४ महीना नियमितरुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ भने सामान्य अवस्थाका रोगीले कम्तीमा छ महीना सेवन गर्नुपर्ने स्वास्थ्य कार्यालयका अधिकृत एवं क्षय कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिए ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म पहिचान भएका ५३ कुष्ठरोगीमध्ये नौ महिला र १९ पुरुष जटिल अवस्थाका तथा १२ महिला र १३ पुरुष सामान्य अवस्थामा रहेका छन् । बाँकेको जानकी गाउँपालिकामा यस वर्ष सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकामा १४ कुष्ठरोगी फेला परेका छन् । यसैगरी जानकी गाउँपालिकामा १०, नरैनापुर गाउँपालिकामा सात, खजुरा गाउँपालिकामा छ, कोहलपुर नगरपालिकामा पाँच, बैजनाथ गाउँपालिकामा पाँच, डुडुवा गाउँपालिकामा पाँच र राप्तीसोनारी गाउँपालिकामा एक कुष्ठरोगी फेला परेका हुन् ।
स्वास्थ्य संस्थामा जाँच गर्न आएका व्यक्ति, उनीहरुको सम्पर्कमा रहेका घरपरिवारका व्यक्तिको जाँच र आइएनएफले सञ्चालन गरेको साइनिङ अस्पतालमा उपचारका लागि आएका बिरामीबाट कुष्ठरोगीको पहिचान गरिँदै आएको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहले बताए । उनले स्वास्थ्यचौकीसम्म पुग्न नसकेका, लुकीछिपी बसेका जिल्लाका कुष्ठरोगीलाई पु¥याउन सरोकारवाला निकायसँगको समन्वयमा कार्यक्रम निरन्तररुपमा सञ्चालन भइरहेको बताए । बाँकेमा विभिन्न ठाउँबाट स्थानान्तरण भएर आउने, नियमित उपचार लिन नआउने, रोगबारे जानकारी नराख्ने, रोग लुकाउन खोज्नेजस्ता कारणले कुष्ठरोगका बिरामी बढ्दै गएको शाहको भनाइ छ ।
प्रमुख शाहका अनुसार सरोकारवालासँगको समन्वयकारी कार्यक्रमबाट समुदायमा अज्ञानतावश लुकीछिपी रहेका बिरामी पत्ता लगाउन मद्दत पुग्ने, जनचेतना अभिवृद्धि हुने, सक्रिय खोजपड्ताल विधिबाट बिरामीको पहिचान गरी समयमा उपचार गराएर अङ्गभङ्ग हुनबाट जोगाउन सकिन्छ । कुष्ठरोगका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको आइएनएफ बाँकेका प्रबन्धक श्याम विकले भेदभावका कुरा अहिले पनि समाजमा विद्यमान रहेका कारण कुष्ठरोगीले रोग लुकाउने र समयमै उपचार नपाउने अवस्था रहेको बताए ।
“कयौँ व्यक्तिले औषधि सेवन गरेर रोग निको भए पनि घर परिवार तथा समाजबाट लाञ्छना र भेदभाव हुने डरले परिवारसँग जानकारी नगराउने अवस्था पनि रहेको छ”, उनले भने, “पहिलेको भन्दा परिवर्तन भएको छ, अझ धेरै परिवर्तन हुन बाँकी रहेको छ ।” उनका अनुसार कुष्ठरोग बिरामीको श्वासप्रश्वासबाट सर्ने एउटा सरुवा रोग हो । रोगीले लामो समयसम्म उपचार नगराएमा शरीर अङ्गभङ्ग हुने सम्भावना हुने गर्दछ । कुष्ठरोगीको उपचार सरकारले निःशुल्क गरेको छ । कुष्ठरोग लागेमा शरीरमा हातखुट्टा झमझम हुने, शरीरको कुनै भागमा छुँदा थाहा नहुने, लाटोफुस्रो दाग देखापर्नु, हातखुट्टामा नदुख्ने घाउ देखापर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मी छल्न पानीको सहारा: भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भीड
बैशाख २६, २०८१ बुधबार
अत्यधिक गर्मी र ‘लू’ ले जनजीवन कष्टकर
बैशाख २५, २०८१ मंगलबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
कांग्रेसको नाराबाजीपछि १५ मिनेटका संसद बैठक स्थगित
बैशाख २८, २०८१ शुक्रबार
प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन
बैशाख २८, २०८१ शुक्रबार
भैँसेगाउँका गुरुङ समुदाय 'घरबास' र चौँरी घोडा नाचमार्फत पर्यटन प्रवर्द्धनमा जुटे
बैशाख २८, २०८१ शुक्रबार
दलहरुबीच सहमति नभई सभामुखले सुरु गरे संसद बैठक
बैशाख २८, २०८१ शुक्रबार
कुमारी बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्चको सेवामा विशेष छुट पाउने
बैशाख २८, २०८१ शुक्रबार
रुखको हाँगा काटेर बाख्राहरुलाई खुवाएपछि पाँच हजार जरिवाना
बैशाख २८, २०८१ शुक्रबार