तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १०:५५:६
वि.सं. २०७८ साल बैशाख ०७ गते । मंगलबार । इ.स.२०२१ अप्रिल २० तारिक । शकसंवत् १९४२ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । चैत्र शुक्लपक्ष । तिथी– अष्टमी,१९ बजेर ३६ मिनेट उप्रान्त नवमी । नक्षत्र–तिष्य,२७ बजेर २४ मिनेट उप्रान्त अष्लेषा । योग–धृति,१५ बजेर ४३ मिनेट उप्रान्त शूल । करण–भद्रा,०७ बजेर २९ मिनेट उप्रान्त बव,१९ बजेर ३६ मिनेट उप्रान्त बालव । आनन्दादिमा– प्रवद्र्ध योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३६ मिनेटमा,सूर्यास्त १८ बजेर ३० मिनेटमा । दिनमान ३२ घडी १५ पला । भौमाष्टमीव्रत,चैत्राष्टमीव्रत, भवानी उत्पत्तिव्रत, गोरखालीपूजा,चैते दशैं, अशोकको पाउला खाने, जमयातस्, श्रीश्वेतमत्स्येन्द्रनाथ रथयात्रा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- मायाप्रेममा बिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाईलेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गरी भनेजस्तो आम्दानि गर्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- गलत लेखाई अथवा गलत बुझाईलो आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने भएपनि वढि नै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि नाफा कमाउन बढी नै समय खर्चनु पर्नेछ । मायाप्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यापार व्यवसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनी सकारात्मक नतिजा हात लागी हुने ग्रहयोग रहेकोछ । तपाईको लुवाईख्वाई देखेर सबैजना मोहित हुनेछन् । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाईलेखाईमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरुले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाईलेखाईमा मन जाने छैन भने बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसायमा मन्दी आउनेछ । प्रेममा धोका हुनेछ भने जीवनसाथिसँग मनमुटाब बढ्ने योग रहेकोछ । तरपनि लामो दुरिको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पती तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- दिनभर श्रम गरे पनी उचित प्रतिफल नपाउदा मन खिन्न हुनेछ । व्यापार व्यवसायमा प्रशस्त समय लगानी गरे पनि भने जस्तो आम्दानि नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । कामको लागि धेरै समय दौडथुप गर्नु पर्नेछ भने दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । पैत्रिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । प्रेममा धोका हुनसक्छ ख्याल गर्नुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईँको भूमिका महत्वपूर्ण हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन सम्बत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- व्यापार व्यवसायमा लगानी गर्न सकिने भए पनि आम्दानी गर्न केही समय कुर्नु नै पर्नेछ । पढाईलेखाईमा प्रतिस्पर्धीहरुको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवनसाथिसँग मनमुटाब सिर्जना हुने सम्भावना रहेकोछ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रजसँग राय बाजिनेछ । सोख तथा बिलाशीताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असम्यम् व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलश्य तथा अस्वस्थताले लक्ष्यमा बिलम्ब हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेकोछ । काममा ढिला शुस्ति,बैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेकोछ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नती तथा नया काम पाउने योग केही दिनको लागी टरेर जानेछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जना गर्नेहरु सक्रिय रहनेछन् । पढाईलेखाई अधुरै रहनेछ भने न्यायिक निर्णयहरु तपाईको विपक्षमा फैसला हुनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- पतिपत्नीबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हाँसिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा -जमिनको कारोबारले फाईदा गराउनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार