भेरीमा कोरोना विशेष वार्ड बिरामीले भरिए
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार २१:५:३४
७ वैशाख, बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष आइसोलेशन वार्ड कोरोना संक्रमितले भरिएको छ । भेरी अस्पतालमा सञ्चालन गरिएको १५ शय्याको कोभिड सघन उपचार कक्ष र १०२ शय्याको कोरोना विशेष वार्ड बिरामीले भरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार १५ शय्याको कोभिड सघन उपचार कक्षमा अहिले ४० जनालाई राखिएको छ । बिरामीको चाप बढेपछि अरु शय्यालाई पनि सघन उपचार कक्ष बनाइएको छ । कोरानाका शङ्कास्पद बिरामीलाई राख्ने ४० शय्याको प्रिआइसोलेसन वार्डसमेत करिबकरिब भरिइसकेको छ । संक्रमण फैलिनेक्रम नरोकिए अस्पतालले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै प्रभावित हुनसक्ने जोखिम छ ।
“बिरामीको चाप अस्पतालको क्षमताभन्दा बाहिर गइसकेको छ, दिनप्रतिदिन केश बढिरहेकाले अवस्था गाह्रो छ”, अस्पतालका प्रमुख डा थापाले भने, “अस्पतालमा आएका बिरामीलाई राख्नै प¥यो, जति जनशक्ति चाहिने हो त्यसको आधा जनशक्तिबाट काम चलाउ गरिएको छ ।”
भेरी अस्पतालमा अहिले ४० कोरोना संक्रमितलाई सघन उपचार कक्ष, सात जनालाई भेन्टिलेटर र ८२ जनालाई कोरोना विशेष वार्डमा राखेर उपचार व्यवस्था मिलाइएको डा थापाले बताए। सामान्य अवस्थामा अस्पतालमा भिडभाड नगरिदिन, अत्यावश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कामय गर्न तथा रुघाखोकी, ज्वरोका लक्षण देखापरेमा स्वएकान्त बास गर्न अनुरोध गरिएको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताए ।
उनका अनुसार स्वाब परीक्षणमा पोजिटिभ आएका व्यक्तिले समेत घरमै पर्याप्त आराम गर्ने, थर्मोमिटरको प्रयोग गरी तापक्रमको अभिलेख राख्ने, सामान्य ज्वरो आएमा सिटामोल आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । श्वासप्रश्वासमा समस्या आए, ज्वरो नियन्त्रण नभए वा अक्सिजन स्याचुरेसन ९४ प्रतिशतभन्दा कम भए अस्पतालमा आउन अस्पतालले अपिल गरेको छ । पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएकाले यसपछि आउने संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको धितालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार