राष्ट्रपति भण्डारीद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ बुधबार ३:५५:१६
७ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको रथमा दर्शन गरी प्रसाद ग्रहण गरेकी छिन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशाला परिसरबाट वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याइन्छ । रथ तानेर असनमा ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । राजतन्त्र हुँदा राजा दर्शनका लागि आउने गरेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिबाट निरन्तरता दिने क्रम शुरु भएको थियो ।
राष्ट्रपति भण्डारीलाई सांसद एवं पूर्वमन्त्री भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडा नं २५ का अध्यक्ष एवं सेतो मच्छेन्द्रनाथका पुजारी नीलकाजी शाक्य, वडा नं २७ का अध्यक्ष चिनियाकाजी महर्जनलगायतले रथ राखिएको स्थलमा स्वागत गरे । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमी अर्थात् आजदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रा शहरको भित्री भागमा तीन दिनसम्म चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । रथलाई बिहीबार लगन लगेपछि त्यहाँ रहेको सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा तीनपटक घुमाइन्छ ।
यस वर्ष पनि कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको समितिका सचिव सुजीव बज्राचार्यले बताए । बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षितरूपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरिएको छ ।
एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो । यो नमूना उपत्यकाका अन्य स्थानमा हुने जात्राका लागि पनि काम लाग्ने आशा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार