निफ यो वर्ष हाईब्रिड हुने
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार २१:२३:१४
नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल निफ यो पटक हाईब्रिड हुने भएको छ । कोभिडका कारण परिस्थिति जटील बन्दै गएको र नेपाल सरकारको नयाँ मापदण्ड जारी भएको हुनाले यसपटकको निफका केही इभेन्टहरु प्रत्यक्ष र केही अनलाईन हुने भएको हो ।
सरकारको निर्देशन अनुसार नै उदघाटन र समापन समारोह मापदण्ड अनुसार गरिने छ तर त्यसलाई विभिन्न माध्यमहरुबाट प्रत्यक्ष प्रसारण गरी अझ धेरै दर्शकसम्म पु¥याईने छ । त्यसैगरी फेस्टिभलका चलचित्रहरुलाई भने अनलाईन माध्यमबाट प्रसारण गरिनेछ, जसलाई दर्शकहरुले घरमै बसेर हेर्न सक्ने सुविधा हुनेछ ।
फेस्टिभलको अर्को महत्वपूर्ण अंगको रुपमा रहेको विभिन्न विषयगत बहसको कार्यक्रम भने प्रत्यक्ष आयोजना गरी विभिन्न अनलाईन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ जसमा दर्शकहरुले सहभागिता जनाउन सक्नेछन् ।
‘तयारी त हाम्रो भौतिक रुपमै गर्ने गरी भईरहेको हो, भौतिक रुपमै गर्नका लागि नै हामीले नियमित सेड्युलबाट सारेर बैसाखमा ल्याएका थियौं, तर परिस्थिति अनुकुल नभएकोले यसपटक हामीले हाईब्रिड गर्न बाध्य भयौं । तर यसले हामीलाई अझ धेरै दर्शक सम्म पुग्ने अवसर सिर्जना गरिदिएको छ ।
पहिला हामीसँग फेस्टिभल आयोजना स्थल सम्म आउने दर्शक मात्र हुन्थे भने अब संसारभरिका दर्शक हामी सँग हुनेछन् । यसले निफलाई दर्शकका पहुँचको हिसाबले पनि विश्वव्यापी बनाउनेछ भन्ने विश्वास गरेका छौं ।’ फेस्टिभलका अध्यक्ष केपी पाठकले बताएका छन् । चौथो संस्करणमा आयोजना हुनलागेको निफ यसअघि हरेक वर्ष फेब्रुअरीमा हुने गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार