वैशाखभर मनकामना मन्दिरमा नित्य बाहेकका पूजा बन्द
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार २१:४१:८
८ वैशाख, काठमाडौं । कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द गरिने भएको छ । मंगलबार बसेको जिल्लास्तरीय कोभिड-१९ विपद व्यवस्थापन समितिको बैठकले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, लगायतका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा,ध्यान र प्राथनाबाहेक सम्पुर्ण पूजाआजा बुधबारबाट वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार मनकामना मन्दिरमा नित्य बाहेकका पूजा बन्द गरिने मनकामना क्षेत्र विकास समितिका सचिव लेवेन्द्र गुरुङले बताए । आज ‘बुधबार’ नित्य बाहेकको पूजाआजा बन्द गर्ने सूचना जारी गर्ने तयारी भइरहेको उनले बताए । वैशाख मसान्तसम्म वा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणका लागि पूजा बन्द गरिने उनले बताए ।
प्रशासनको निर्देशन अनुसार नै मन्दिरमा नित्य बाहेकको पूजामा रोक लगाइएको उनले बताए । पछिल्लो समय मनकामना मन्दिरमा सरदर दैनिक चार हजारसम्म भक्तजन पुग्ने गरेका थिए । बुधबार नै केहिबेरमा सूचना जारी गरि गोरखकाली मन्दिर पनि बन्द गर्ने तयारी भइरहेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले बताए । बुधबारबाटै नित्य बाहेकको पूजा बन्द गर्न सम्बन्धित पक्षलाई निर्देशन गरिसकेको प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले बताए ।
सिनेमा हल, पार्टी प्यालेस, नाचघर हेल्थ क्लब, जिम खाना, फुटसल, सभा, आमसभा तथा भिडभाड हुने सबै कार्यक्रममा रोक लगाइएको उनले बताए । अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलपमा पनि २५ जनासम्म मात्र भेला भइ स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ । होटल तथा रेष्टुरेन्टहरु पनि बिहान आठ बजेबाट बेलुकी आठ बजेसम्म मात्र खोल्न निर्देशन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार
यु–१६ युथ लिग: संकटाले आर्मीलाई हरायो
माघ ३, २०८१ बिहिबार