गुल्मीमा किसानलाई भैंसी वितरण र भैंसीको बीमा !
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १३:२७:४०
९ बैशाख, काठमाडौं । दुग्ध उत्पादन, किसानको आय आर्जनको लागि व्यवसायीक भैसिपालनका लागि गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले किसानलाई भैसी वितरण गरेको छ । गाउँपालिकाले वडा नं. ४ मा ५० जना कृषकहरुलाई भैसी बितरण गरेको हो ।
गाँउपालिकाले सुरु गरेको भैसी वितरणको पहिलो चरणमा २४ जना कृषकहरुलाई भैसि वितरण गरेको छ । बाँकी २६ जना कृषकलाई अबको एक साता भित्र वितरण गर्ने भएको छ ।
धुर्कोट गाउँपालिका वडा नं. ४ बाट १ लाख ५० हजार संघीय शसक्त कार्यक्रम अन्तरगत भैसी पर्वद्धन मार्फत २१ लाख ७० हजार गरी कुल २३ लाख २० हजारको लगानी रहेको छ । वितरण गरीएका २४ वटा भैसिहरुको बीमा पनि गरी सकिएको छ ।
भैसि वितरण गरीसकेपछि किसानहरुलाई गोठ व्यावस्थापन कसरी गर्ने, भैसि कसरी पाल्ने, घाँसको व्यवस्था कसरि गर्ने भन्ने विषयमा तालिमको समेत आयोजन गर्ने गाउँपालिकाका पशुविकास शाखा प्रमुख श्याम कार्किले जानकारी दिएका छन्। भैंसी पाएपछि किसान खुसी भएका छन् । गाउँपालिकाले दिएका भैसी किसानले ३ वर्ष सम्म बेच्न पाउने छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार