बर्दियामा क्रियाशील सदस्यताको विवाद, पार्टी कार्यालयमा तालाबन्दी
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार २२:५६:५७
१० वैशाख, बर्दिया । नेपाली कांग्रेसको बर्दिया जिल्ला कार्यसमितिले सामूहिक राजीनामा दिएको छ। १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणमा विवाद बढेपछि जिल्ला कार्यसमितिले संयुक्त राजीनामा दिएको हो। क्रियाशील सदस्यता वितरणको विवादकै बीचमा क्षेत्रीय सभापतिले पार्टी कार्यालयमा तालाबन्दी गरेको र बाहिर गुण्डा परिचालन गरेकाले काम गर्न सक्ने स्थिति नभएको भन्दै जिल्ला कार्यसमितिले राजीनामा दिएको हो।
जिल्ला सभापति तथा सांसद सञ्जय गौतम समक्ष कार्यवाहक सभापति श्रीलाल यादव, महासमिति सदस्य विद्याप्रसाद खनाल, पार्टी सचिव जीवन मल्ल, जिल्ला कार्यसमिति सदस्य मेघबहादुर गुरुङलगायतले भने राजीनामा दिएका छन्।
उनीहरुले विज्ञप्ति गारी गर्दै क्रियाशील सदस्यता नवीकरण भइरहेका बेला सचिवालय कक्षमा प्रवेश गरेर लछारपछार गरिएको बताएका छन्। पार्टी कार्यालय बाहिर ल्याई पार्टी कार्यालयमा तालाबन्दी गरिएको भन्दै उनीहरुले दोषीमाथि अनुशासनको कारबाहीको मागसमेत गरेका छन्।
‘क्षेत्रीय सभापति मुक्तिनाथ यादव, पूर्वसचिव तेजबहादुर भाट लगायतका व्यक्तिहरुले अराजक जत्था ल्याई पार्टी कार्यालयको सचिवालय कक्षमा गएर पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य तिव्र गतिमा भइरहेको अवस्थामा पार्टीका नेताहरुलाई लछारपछार गरी कार्यालय बाहिर ल्याई पार्टी कार्यालयमा तालाबन्दी गर्ने जस्तो घृणित, अनुशासनहिन कार्य गरेको हुँदा यस्ता अनुशासनहिन कार्यलाई निरुत्साहित गर्न निजहरुलाई अनुशासनको कारबाही गर्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यो विषम परिस्थितिमा पार्टी कार्यालयमा तालाबन्दी गरी बाहिर गुण्डाहरु परिचालन गरेकाले हामी पार्टीका काम गर्न असमर्थ छौं। आ–आफ्ना पदबाट राजीनामा दिएका छौं।’
जिल्ला कार्यसमितिले संयुक्त राजीनामा दिएपछि सभापति सञ्जय गौतमले परिस्थितिको मूल्यांकन भइरहेको प्रतिक्रिया दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार