गोर्खा भूकम्पका ६ बर्ष: ९३ प्रतिशत निजी आवास निर्माण सम्पन्न
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १४:०:३०
१२ बैशाख, काठमाडौं । गोर्खा भूकम्प गएको ६ बर्ष पुरा भएको छ । गएको ६ बर्षमा अधिकांश संरचनाहरूको पुन:र्निर्माण गरिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अहिले निजी आवासतर्फ सम्पन्न भएका र पुनर्निर्माण हुँदै गरेका तथ्याङ्क हेर्दा ९३ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको छ । यस्तै, विद्यालयतर्फ ७ हजार ५ सय ५३ विद्यालय मध्ये ८३ प्रतिशत बराबरको निर्माण सम्पन्न भएको छ । १७ प्रतिशत विद्यालय पुनर्निर्माण भइरहेका छन् । त्यस्तै, कुल १,१९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनर्निर्माण सम्पन्न भएको छ । भने २९६ को पुनर्निर्माण जारी छ ।
५१ प्रतिशत पुरातात्विक सम्पदाको पुनर्निर्माण भइसकेको छ । अहिले ३२ प्रतिशत सम्पदाको काम भइरहेको छ । राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबारको उत्तर, दक्षिण भागमाकार्यालय संचालन सुरु भएको छ । केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्राहालय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारहरुको जिर्णोद्धारकोक्रममा छ ।
क्षति भई मर्मत गर्नुपर्ने ४०२ गुम्बामध्ये २९४ वटा सम्पन्न भइसकेका छन् । पुनर्निर्माण गर्नुपर्ने ८९५ मध्ये १०० वर्षभन्दा पुराना र २,००० वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका २६४ वटा गुम्बामध्ये ३६ वटा र १०० वर्षभन्दा कम र २,००० वर्ग फिटभन्दा मुनिका ६३१ गुम्बामध्ये १०१ वटाको पुनर्निर्माण कार्य अगाडि बढिरहेको छ ।यसरी हेर्दा पुरातात्विक सम्पदाहरू मध्ये ८१ प्रतिशत सम्पदा निर्माण सम्पन्न हुने चरणमा रहेका छन् ।
यस्तै सरकारी भवनतर्फ राम्रो प्रगति हासिल भएको देखिन्छ । ४१५ सरकारी भवनमध्ये ९१ प्रतिशत सम्पन्न भइसकेको छ भने अरु बाँकी काम निर्माणको प्रक्रियामा छ ।सुरक्षा निकायको भवनतर्फ २१६ वटा निर्माण गर्नुपर्नेमा ९८ प्रतिशतको काम सम्पन्न भइसकेको छ । । चैत मसान्तसम्म ३ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको खर्च भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार