माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याममा पानी भर्न सुरु
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १५:३७:२९
१२ बैशाख, काठमाडौं । दोलखाको लामावगरमा निर्माणधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याममा पानी भर्न सुरु गरिएको छ । ४ सय ५६ मेगावटको माथिल्लो जलविद्युत आयोजनामा शनिबारबाट पानी भर्न सुरु गरेको आयोजनाले जनाएको छ ।
डयाम तथा डिस्यान्डरमा पानी भरिएपछि मूख्य सुरुङ र पेनस्टक पाइपको प्राविधिक परिक्षण गरिने छ । करिब १० दिनको प्राविधिक परिक्षणपछि ७६ मेगावट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादन परिक्षण सुरु गरिने आयोजनाले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङ र पेनस्टक पाइपको प्राविधिक परिक्षण करिब एक हप्ता सक्ने गरी काम भइरहेको छ ।
पहिलो युनिटबाट विद्युत उत्पादन सुरु भएलगतै प्रत्येक महिना प्रत्येक युनिटबाट विद्युत उत्पादन गदै जाने आयोजनाको तयारी छ । ६ वटा युनिट रहेको आयोजनामा प्रत्येक युनिटबाट ७६ मेगावट विद्युत उत्पादन हुनेछ । आयोजनाको बाध, सुरुङ, प्रसारणलाइन, सबस्टेशन लगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका बाकी काम भइरहेका छन भने मुख्य निर्माण अन्तगर्त बाध र इन्टेक, मुख्य सुरुङ, विद्युत गृह, टेलरेस सुरुङ लगातका सिभिल संरचनाको काम सकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार