विधिवतरूपमा ‘सनातन विद्वत्परिषद् नेपाल’ दर्ता
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १५:५१:३८
१२ वैशाख,काठमाडौं । धर्मशास्त्रसम्बन्धी विषयको आधिकारिक निर्णय गर्न ‘सनातन विद्वत्परिषद् नेपाल’ नामक संस्था विधिवतरूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको छ । यसअघि एउटै कुरा तीन÷चार जना गुरुहरुलाई सोध्दा अलग–अलग जवाफ आउने गरेकाले मेचीदेखि महाकाली मात्र नभई विश्वभरि नै धर्मशास्त्रका विषयमा यथार्थ उत्तर दिन संस्था स्थापना गरिएको हो । हिन्दू जागरण नेपालको विशेष पहलमा विद्वत्जनको आधिकारिक समिति गठन गरेर यसअघि नै पाँचदिने अन्त्येष्टि कुसंस्कार फैलाउने र नक्कली शङ्कराचार्य घोषणाविरुद्ध एवं गुरुशुक्रास्तसम्बन्धी वास्तविक जानकारी दिइएको छ ।
धर्मशास्त्रका विषयमा फैलाइएका भ्रम हटाउन परिषद् सफल भएकाले चैत ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत दर्ता गरिएको हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले जानकारी दिए । समितिको दर्ता नं १२०४ रहेको जनाइएको छ ।
परिषद्मा आबद्ध हुन नेपालका सबै विशिष्ट विद्वानलाई आह्वान गरिएको छ । यसका लागि विद्वत्वर्गसँग समन्वय र सम्पर्क गरिने जनाइएको छ । यसबाट सनातन धर्मसम्बन्धी र धर्मशास्त्र आदि विषयको जिज्ञासा उठेमा सम्बन्धित विभागको छलफलद्वारा आधिकारिक निर्णय बाहिर ल्याउने प्रयास गरिने परिषद्ले जनाएको छ ।
परिषद्ले आवश्यकतानुसार विधर्मी वा विपक्षीसँग शास्त्रार्थ पनि गर्ने वातावरण तयार पार्ने जनाइएको छ । ‘वादे वादे जायते तत्वबोध स्’ भनेझैँ परिषद्ले धर्मशास्त्रसम्बन्धी कुनै पनि विषयको निर्णय विद्वान्का बीच शास्त्रार्थ गरेर नै गरिने लक्ष्य राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार
यु–१६ युथ लिग: संकटाले आर्मीलाई हरायो
माघ ३, २०८१ बिहिबार