‘कबड्डी ४’ मा फेरि एकसाथ देखिने भए दया र सौगात
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १८:५०:२
१२ बैशाख, काठमाडौं । अभिनेता दयाहाङ राईको फिल्म ‘कबड्डी ४’ को मुहूर्त गरिएको छ । शनिवार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो ।
मुहूर्त समारोहमा फिल्मका कलाकारदेखि निर्देशक, निर्माता, छायाँकारसम्मको उपस्थिति रहेको थियो । निर्देशक रामबाबु गुरुङले लकडाउन नभएको खण्डमा बैशाख १५ गतेबाट छायांकन सुरु गर्ने बताए ।
‘कबड्डी’ को अन्तिम सिरिज भनिएको फिल्ममा दयाहाङसँगै सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको प्रमुख भूमिका रहनेछ । गौमायाले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् ।
बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा निर्देशक गरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर तयार पारेका हुन् । असोज १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको निर्मातामा मणीराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार रहेका छन् । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डि. कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार