सशस्त्र प्रहरीसँग सेटिङ मिलाउने भिस्वाका यी तस्करहरु
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार १९:४:८
१३ बैशाख, बीरगञ्ज। सशस्त्र प्रहरीको भिस्वा बीओपी इन्चार्ज सञ्जीव बानियाँसँगको सेटिङ र मिलिभगतमा पर्साको भिस्वाबाट ठूलो मात्रामा कवाड ,चाईनीज स्याउ, युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान तथा मटर, मरिच, छोकडाको ठूलो मात्रामा तस्करी भैरहेको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भैरहँदा पनि नियामक निकायहरुको रहस्यमय मौनता देखिएको छ ।
गत साता नेपालबहस डटकममा सो सम्बन्धि समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरीको १३ नं. गणका एसपी राजेन्द्र खड्काले डीएसपी सन्तोष बस्नेतको कमाण्डमा एक टोली भिस्वा नाकामा खटाएका थिए । तर सो टोलीको नाकै अगाडिबाट तस्करी भने भैरहेको थियो । हिजो मात्र डीएसपी बस्नेतको टोली थप लाइन मिलाएर जिल्ला फर्किएको समाचार स्रोतले बताएको छ ।
नेपाल प्रहरीको भिस्वा चौकी र सशस्त्र प्रहरीको बाहिनीका केही हाकिमहरुलाई समेत सेटिङ मिलाएर यहाँबाट ठूलो मात्रामा तस्करी भएको हो । सशस्त्र प्रहरीको सेटिङमा कबाड तस्करीको लाइन पाउनेमा शशीकान्त कुशवाहा र स्याउ तस्करीको लाईन पाउनेमा मुन्ना जैसवाल रहेका छन् । त्यस्तै युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, मटर, मरिच ,छोहडा तस्करीको लाईन पाउनेमा हरि कोईरी र रामु जैसवाल रहेका छन् ।
सशस्त्र प्रहरीको भिस्वास्थित बीओपीका इन्सपेक्टर संजीव बानियाँलाई कबाड तस्कर शशिकांत कुशवाहाले मासिक ९५ हजार र चाईनीज स्याउ तस्कर मुना जैसवालले मासिक ८० हजार र युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, मटर, मरिच ,छोकडाको तस्कर हरि कोईरी र रामु जैसवालले मासिक १ लाख २० हजार दिएर लाईन चलाएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।
यी तस्करहरुले १३ नं. गणका गणपति र बाहिनीपतिलाई समेत मासिक ठूलो रकम दिएर निर्वाध लाइन चलाएको दावी समाचार स्रोतको छ । त्यस्तै प्रहरी चौकी भिस्वाका ईन्चाज सर्ई प्रमोद साहलाई समेत मोटो रकम लाइन खोलेवापत दिने गरेको बताइएको छ ।
भिस्वाका यी व्यापारीहरुले बजार व्यवस्थापन समितिको नाममा बीरगञ्जबाट माल ल्याई स्टोर गरेर राख्ने र रातारात इन्डिया कटाई हाल्ने गरेको स्थानीयहरु बताउँछन् । नेपाल-भारत बोर्डरको दशगजा नजिक उनीहरुको गोदाम रहेको छ । यिनीहरुको माल कटाउनको लागि सिक्टाको पप्पु र भिस्वाको लड्डुले कामदारहरु ल्याई ठेक्का लिई भारततर्फ माल कटाउने गरेको बताइएको छ ।
उनीहरुले राती मात्र नभई दिनमा पनि २०-२५ महिलाको प्रयोग गरि आधा आधा बोरा गरेर दिउँसो पनि सामान कटाउने गरेको त्यहाँ जाने जोकोहीले देख्ने गरेका छन् ।
र याे पनि…..
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजश्व
जेठ ३, २०८१ बिहिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार
स्थायी निक्षेप सुविधामा हेरफेर, सवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
चोभारमा अवस्थित मञ्जुश्री पार्क र आसपासको दृश्य
जेठ ४, २०८१ शुक्रबार
‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार