विवादमा रहेको मदन भण्डारी राजमार्ग विस्तार गर्ने सहमति
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार १८:३७:०
१३ वैशाख,सिन्धुली । विगत लामो समयदेखि विवादमा रहेको मदन भण्डारी राजमार्गको खट्टारदेखि शान्ति नगरचोकसम्म सडक विस्तार गर्न नयाँ सहमति जुटेको छ । सडक स्तरोन्नति गर्न विवाद रहँदै आएको थियो । सर्वपक्षीय बैठक बसी विस्तार गर्ने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले खट्टटारदेखि धुराबजार बजारसम्म छिटो सडक विस्तार तथा स्तरोन्तीको लागि आवश्यक ११ मिटर चौडाइको क्षेत्र राजमार्गलाई उपलब्ध गराउने निर्णय गरेको छ । धुरा बजारदेखि बिपी राजमार्गसम्म उपलब्ध चौँडाइमा सडक स्तरोन्नति गर्ने निर्णय भएको बाग्मती प्रदेशसभा सदस्य विनोदकुमार खड्काले जानकारी द्एि । साथै बैठकले खट्टारबाट बिपी राजमार्ग जोड्ने गरी वैकल्पिक राजमार्ग अर्थात् वाई पास सडक निर्माणको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको उनको भनाइ छ । ग्वाङ्ग खोला पुलको निर्माणकार्य निर्धारितरूपमा तत्काल अगाडि बढाउनेसमेत निर्णय भएको छ ।
छलफलमा सांसद हरिबोल गजुरेल, बाग्मती प्रदेशसभा सदस्य विनोदकुमार खड्का, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक अमेशविन्दु श्रेष्ठ, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय आयोजना प्रमुख राजेन्द्र दास, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका सिडिई नातिबाबु खड्का र इञ्जिनियर सिशवसरण तिमिल्सिना सहभागी रहेका थिए ।
राजमार्ग कमलामाई नगरपालिका–६ धुराबजार हुँदै हेटौँडा जाने सडकको खट्टारसम्म नक्साङकन गरिएको थियो । नक्साङकन भएको क्षेत्रबाट राजमार्ग लैजाँदा धेरै क्षति हुने भएकाले अन्यन्त्रै लैजान माग गर्दै विसं २०७३ भदौदेखि सङ्घर्ष समिति बनेर विरोध गर्दै आएको थियो । यसपछि अव राजमार्ग विस्तारका लागि कमलामाई –४ तत्कालीन हाज्मा कम्पनिको दुई नम्बर गेट हुँदै खट्टार जोड्ने गरी यसैमा सहमति निकाल्न बाग्मती प्रदेशसभा सदस्य खड्काको संयोजकत्वमा समिति बनेको थियो ।
समितिसमेतले निकास दिन नसकेपछि राजमार्ग कताबाट लैजाने भन्ने अन्योल भने कायमै रहेको छ । नक्साङ्कन भएको ठाउँबाट लैजाँदा धेरै क्षति हुने भएकाले तत्कालीन हाज्मा कम्पनिको दुई नम्बर गेट हुँदै खट्टार जोड्नेगरी राजमार्गको विस्तार गर्ने पक्षमा सांसद गजुरेल र प्रदेश सभासदस्य खड्का उभिएका थिए । सहमति निकाल्न नसक्दा भने उनीहरुको प्रयास विफल भएको छ ।
ख्यातियोग्य जमिनमा दिन प्रतिदिन अव्यवस्थित बसोबास तथा सहरीकरण बढेको र राजमार्ग पनि त्यही क्षेत्रबाट लैजाने र सहरीकरणका माध्यमले व्यवस्थित बस्तीको विकास गर्ने पक्षमा दुई सांसद रहेपनि ख्यातिवाला किसानले जग्गा दिने सहमति नहुँदा र नक्साङ्कन भएकै ठाउँबाट राजमार्ग विस्तार गर्नुपर्ने बाध्यता रहेको छ ।
सिन्धुलीदेखि हेटौंडासम्मको सडक निर्माण खण्डमा खट्टटारदेखि हेटौँडासम्म सडक विस्तारको काम भएपनि हालसम्म खट्टार–सिन्धुलीमाढीमा सडक विस्तारको काम हुनसकेको छैन । हालै भएको सर्वपक्षीय बैठकले गरेको निर्णयअनुसार राजमार्ग विस्तारले नयाँ गति लिने झिनो आशा पलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार