राजनीतिक स्थायित्व र समृद्धिमा प्रवासीको साथ अपरिहार्य
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार १९:४०:२३
१३ वैशाख,पोर्चुगल । नेकपा (एमाले) का केन्द्रीय सदस्य डा.राजन भट्टराईले वर्तमान नेपाल सरकार जनअपेक्षित काममा अग्रसर रहेको बताएका छन् । प्रवासी नेपाली एकता मञ्च पोर्चुगलले आयोजना गरेको ७३औँ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस शुभकामना आदानप्रदान तथा नेपाली भित्तेपात्रो विमोचन कार्यक्रममा पार्टी विदेश विभाग प्रमुख डा भट्टराईले राजनीतिक स्थायित्व र समृद्धिको अभियानमा प्रवासी नेपाली सबैको साथ र सहयोग अपरिहार्य हुनेमा जोड दिए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले वर्षौँदेखि नेपालीका पूरा हुन नसकेका सपनालाई साकार हुने खालका मेलम्चीको पानी, धरहरा, रानीपोखरी, दरबार हाइस्कूल, बाटो, पुल निर्माण भएर नेपाल नयाँ युगमा प्रवेश गरेको बताए ।
प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष मदन लिम्बूका अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतम, प्रवास कमिटीका अध्यक्ष भक्त गुरुङ, मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा, मञ्चका पूर्वाध्यक्ष गोविन्द पौडेल, स्थानीय गैरआवासीय नेपाली संघका अध्यक्ष तिलक गैरे, नेपाली महिला समाजका अध्यक्ष निर्मला खराल, शेर्पा सोसाइटीका अध्यक्ष निल्मुह शेर्पा, गुल्मी समाजका अध्यक्ष युवराज पन्थी र जनप्रगतिशील मोर्चाका अध्यक्ष पूर्ण विश्वकर्माले एमाले एक ढिक्का हुनुपर्नेमा जोड दिँदै नेपालका राजनीतिक दल राष्ट्रिय सहमति गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार