सत्खलुवा ताल पर्यटकीय गन्तव्य बन्ने सम्भावना
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार २२:४०:३९
१४ वैशाख, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका– ९ सत्खलुवा तालमा रातो कमलको फुल हेर्नेको लर्को लागेको छ । सात वटा ताल मिलेर बनेको नाग देउताको बासस्थानको रुपमा यो परिचित छ । रमणीय वातावरण र मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकलाई आनन्दित बनाउँछ । पूर्वपश्चिम राजमार्गको बैदी चोकबाट करिब तीन किलोमिटर उत्तरमा अवस्थित सत्खलुवा ताल पुग्नु अगावै फराकिला बाटो अनि मनोरम दृश्यको बीचमा बसोबासको लागि सत्खलुवा होमस्टे छ ।
बर्दियाको सदरमुकाम गुलरियादेखि करिब २५ किलोमिटरको दूरीमा पर्ने पर्यटकीय क्षेत्र सत्खलुवा ताल जैविक विविधताले भरिपूर्ण छ । विभिन्न जातिका जीवजन्तुको साथ साथै अनेक प्रजातिका चराचुरुङ्गी, जङ्गली पाटे बाघ, चित्तल, दुम्सी, बँदेललगायत जनावर यहाँ अवलोकन गर्न पाइन्छ ।
बर्दिया राष्ट्रिय निकुञ्जसँगैको ताल पर्यटकीय गन्तव्य बन्ने प्रशस्त सम्भावना बोकेको भए पनि प्रचारप्रसारको अभाव रहेको छ । सामुदायिक वनभित्रको तालमा डुङ्गा सयरको व्यवस्था गरिएसँगै त्यस वरपरका पर्यटकको भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।
यहाँ दृश्यावलोकन स्तम्भ बनेपछि सूचना सम्प्रेषणमा सजिलो भएको नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताए । विसं २०७१ मा नेपाल सरकारले उक्त क्षेत्रलाई नेपालको सिमसार क्षेत्र घोषणा गरेसँगै सो स्थानको जग्गाको मूल्य बढेको बारबर्दिया–९ खैरेनीका उज्जवल थारुले बताए ।
शुरुदेखि नै आफू कर्मचारीको रुपमा रहेको र ताल घुम्न आउँदा जङ्गलमा सचेत हुनुपर्ने थारुले आग्रह गरे । पर्यटकले ताल क्षेत्र वरपर विश्राम गर्न मिल्ने टहरा, स्वच्छ पिउने पानीको प्रबन्धलगायत व्यवस्थापन गर्न आवश्यक रहेको स्थानीय पर्यटक रामी थारुले सुझाव दिए ।
सत्खलुवा ताल संरक्षण समितिका रेशमलाल अधिकारीले यस तालको विकास तथा प्रवद्र्धनका लागि स्थानीय सरकार र केन्द्रले अझै चासो दिनुपर्ने बताए । सार्वजनिक बिदा वा शनिबारका दिन बढी भीडभाड रहने यस तालमा वनभोजको लागि पनि पर्यटकको रोजाइ बन्न पुगेको स्थानीय बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार