अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ बुधबार १:०:२१
१४ वैशाख, वालिङ । बुधबारदेखि वालिङ नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुको पठन पाठन बन्द हुने भएको छ ।
वालिङ नगरपालिका कोभीड १९ क्राईसिस म्यानेजमेण्ट सेन्टरका अध्यक्ष एवं नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा मंगलबार बसेको बैठकले विश्वब्यापी महामारीकोरुपमा फैलिदै गईरहेको युके भेरियन्ट कोभीड–१९ को संक्रमणको जोखिम वालिङ नगरपालिकामा पनि बढेर गएको हुँदा सोको रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै अर्को सूचना नभएसम्मकालागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
विद्यालय तथा क्याम्पसमा भौतिक उपस्थितिमा गरिने पठन पाठन कार्य नगरी अनलाईन पठनपाठन विधिलाई सूचारु गर्न पनि बैठकले निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
बैठकले मेला महोत्सव, सभा समारोह, गोष्ठि, बिबाह, ब्रतबन्ध, अन्येष्टि कार्य जस्ता सामाजिक कार्यहरु, धार्मीक एवं सांस्कृतिक कार्यहरु सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्णरुपमा पालन गर्न र पार्टी प्यालेसहरु सञ्चालन गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिएर मात्रै गर्न पनि अनुरोध गरेको छ ।
कुनैपनि वडामा स्वास्थ्य संवेदनशिलता देखिएमा वडा कार्यसमितिले तत्काल बैठक बसी बचाउ अभियानका लागि आवश्यक निर्णय लिन सक्ने भएकाले सोही अनुरुप नागरिकको स्वास्थ्यप्रति उच्च सतर्कता अपनाउँदै अगाडि बढ्न पनि नगर प्रमुख खाँणले वडा अध्यक्षहरुलाई निर्देशन दिएका छन्।
होटल तथा रेष्टुरेण्टहरु बिहान ८ देखि बेलुका ८ बजेसम्म जनस्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड तथा भौतिक दूरी कायम गरी सञ्चालन गर्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कार्यालयमा भीडभाड कम गर्नका लागि कर्मचारीहरुको आलोपालो प्रणालीमार्फत सेवा दिने र सेवाग्राहीलाई अनिवार्य मास्क र स्यानिटाईजरको ब्यवस्थापन मिलाउन निर्देशन दिएको छ ।
यसैगरी बैठकले भारत तथा तेस्रो मुलुकबाट आएका ब्यक्तिहरुलाई दश दिन अनिवार्य होम क्वारेन्टिनमा बस्न र कोभीडको लक्षण देखिएमा एन्टिजिन वा पिसिआर जाँच गर्नुपर्नेमा जोड दिएको छ ।
जाँचका क्रममा सङ्क्रमण देखिएका ब्यक्तिहरुलाई नगरपालिकाको कोभिड अस्पतालमा या संस्थागत आईसोलेसनमा उपचारको ब्यवस्था गरिने नगर प्रमुख खाँणले बताउनुभयो । ज्येष्ठ नागरिक, दीर्घरोगीहरुले अझै बढी सावधानी अपनाउनुपर्नेमा जोड दिंदै सम्पूर्ण नगरबासीहरुलाई अत्यावश्यक काममाबाहेक घरबाट बाहिर ननिस्कन पनि नगर प्रमुख खाँणले अनुरोध गरेका छन् ।
कोभीड १९ को जोखिमलाई मध्यनजर गर्दै पार्टी प्यालेस, क्लब, जिमखाना, फुटसल, सभा, समारोह, जुलुस तथा मानिसहरुको भीडभाड हुने खेलकुद लगायतका सबै प्रकारका कार्यक्रमहरु बन्द गरिएको प्रमुख खाँणले बताए ।
जनस्वास्थ्य सम्बन्धी नियमहरुको पालना नगरी लापरबाहीपूर्ण ब्यवहारका कारण संक्रमण फैलिन गएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुन सक्ने भएकाले जोखिम न्यूनिकरणका लागि आ–आफ्नो ठाउँबाट उच्च सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार