हाँडीगाउँमा मनाइने टुँडालदेवी जात्रा दूरी कायम गरी विधि पूरा गरिने
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १७:२:५३
१६ वैशाख, काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी हुनुअघि नै शुरु भएको काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने टुँडालदेवीको जात्रा दूरी कायम गरी विधि पूरा गरिने भएको छ ।
चैते दशैँदेखि लिङ्गो उठाएर शुरु हुने जात्राका क्रममा बुधबार गहनापोखरीमा गहना खोज्ने विधि पूरा भएको वडाध्यक्ष रमेश डङ्गोलले राससलाई जानकारी दिए । शुक्रबार लावा छरेर टुँडालदेवी र भाटभटेनीलाई जुधाइने छ । यो जात्रामा धेरैको भीड हुने भए पनि कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण विधिमात्र पूरा गरिने छ ।
वैशाख २१ गते देवता मन्दिर भित्र्याएपछि जात्रा समापन गरिन्छ । जात्राका बीच आजदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि बाँकी विधि सरकारले जारी गरेको स्वास्थ्य मापदण्डबमोजिम भौतिक दूरी कायम गरी मास्क, स्यानिटाइजरलगायत सुरक्षा विधि उपयोग गरेर गरिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
चीनमा स्मार्ट फोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर
माघ ३, २०८१ बिहिबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार