पौडी खेल्न हिँडेका किशोर मृत फेला
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १९:४८:४९
१६ वैशाख,उदयपुर । त्रियुगा नगरपालिका–४ बगाहामा बुधबार ३ः०० बजे पोखरीमा पौडी खेल्न जान्छु भनेर घरबाट हिँडेका एक किशोर साँझ बगाहा नजिकै जङ्गलमा रहेको पोखरीमा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यलयका अनुसार यसरी पोखरीमा डुबेर मृत फेला परेका किशोर त्रिनपा–४ का १५ वर्षीय विवेक ढकाल रहेका छन् । जङ्गलको पोखरीमा पौडी खेल्न जान्छु भनेर घरबाट एक्लै हिँडेका ढकाल साँझसम्म पनि घर नआएपछि घरपरिवारसहित स्थानीयवासीले प्रहरीलाई जानकारी गराएर व्यापक खोजी गरेको प्रहरीले जनाएको छ ।
खोजी गर्ने क्रममा राति ढकालको कपडा जङ्गलको पोखरीको डिलमा फेला परेको र पोखरीमा खोजी गर्दा ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद दाहालले बताए । अहिले ढकालको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ भने उनको मृत्युबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
असोज ६, २०८१ आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
असोज २, २०८१ बुधबार
विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै
असोज १, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार