निकुञ्ज क्षेत्रबाट हतियार र जडिबुटी बरामद
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ शुक्रबार १:४२:२६
१६ वैशाख,काठमाडौं । नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको गस्तीले मुगुको सोरु गाँउपालिका रारा राष्ट्रिय निकुञ्जको सानो बजार इलाकाबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका स्थानीय प्रेमबहादुर शाहीलाई निकुञ्ज कर्मचारीको रोहवरमा मुचुल्का तयार गरी हतियारसहित आवश्यक कारबाहीका लागि निकुञ्ज कार्यालय, हुटुलाई बुझाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मकालु बरुण राष्ट्रिय निकुञ्जको मकालु गाँउपालिका–३ स्थित नयांँ रणभीम गुल्मको गस्ती टोलीले लुकाइछुपाई ल्याएको जडिबुटीसहित एक जनालाई पक्राउ गरेको छ ।
गोला बसपार्कबाट खाँदबारीतर्फ जाँदै गरेको को १ ज २३२१ नं.को बोलेरो जिप चेक जाँच गर्ने क्रममा त्यसमा सवार ५३ डिन्मा फिन्जो भोटेको साथबाट पाखनबेद, ठूलो ओखती ८० किलो, टिमुर ११ किलो, रातो गुराँसको फुल एक बोरा, हर्चुरो १५ किलोलगायतका जडिबुटी बरामद भएको जानकारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार